दमकका मेयर थापाको घर भत्कउन सुरु

अहिले भाडामा बसीरहनु भएका थापाको घर फेरी बनाउन अभियान चलाइएको छ ।

दमक, २० कार्तिक । जेन जी आन्दोलनका क्रममा दमकका मेयर राम कुमार थापाको घरमा आगजानी भएको थियो। भ्दौ २४ गते साँझ करिव ५ बजे आन्दोलनका नाममा अराजक समुहले लगाइदिएको आन्दोलनबाट उहाँको घर बस्नै नहुने गरी जलेको थियो ।

प्राविधिक टोलीले गरेको निरिक्षण र त्यसको रिपोर्टबाट समेत यो घर पूःन निर्माण समेत गर्न नहुने आएपछि यसलाई भत्काउने काम गरिएको नगर प्रमुख थापाले जानकारी दिनुभयो । बिहिबारबाट भत्काउन सुरु गरिएको यो घर आफुले निकै दुख र संघर्ष गरेर बनाएको बताउँदै थापाले भन्नुभयो मेरालागीपनि सत्रु लागेछन् । जेन नी आन्दोलनकका क्रममा मेरो घर समेत जलाउन आएर यो अवस्था बनाइदिएपछि मलाई निकै दुख लागेको छ । तर पनि म नयाँ स्थितीलाई स्विकार गरेर अघी बढ्ने छु । भत्काउँदै गरेको घरको अगाडी उभीएर उज्यालो खवरलाई प्रतिकृया दिदै उहाँले बताउनु भयो ।

अहिले भाडामा बसीरहनु भएका थापाको घर फेरी बनाउन अभियान चलाइएको छ । जलेको केहि दिनमानै एउटा समिती बनेर राम थापा घर पूःन निर्माण अभियान चलाइएको थियो । दमक नगरपालिका वार्ड नं ७ का वार्ड अध्यक्ष भीम पौडेलको संरक्षकत्वमा सञ्चालीत सो अभियानले सिद्धार्थ बैंक दमकमा बैंक खाता समेत खोलेर सहयोग आह्वान गरेको थियो । तर त्यसबेला मेयर थापाको अनुरोधमा अभियान केहि समय थाती राख्न र पहिले दमकको प्रहरी कार्यालय र नगरपालिकाको कार्यालय सञ्चालनमा प्राथमीकता दिन पर्ने भनेपछि स्थगीत गरिएको थियो ।

 

तर अहिले ती सबै संचना बनेर सेवा पनि सुचारु भएकोले घर बनाउने अभियान फेरी निरनत्र चलेको मेयर थापालेनै बताउनु भएको छ । अहिले घर भत्काउने काम भइरहेको र यही ठाउँमा नयाँ घर बनाउनकालागी अहिलेसम्म सुवेच्छुकहरुबाट ४ लाख रुपैँया जम्मा भएको पनि उहाँले जानकारी दिनुभयो । अभियान चलाउने साथीहरु निरन्तर लागी रहेको र आम दमक बासी तथा सुभ चिन्तकको सहयोगलेनै घर बनाउने उहाँले बताउनु भएको छ ।

 

मेयर थापाको घर त उहाँका सुवेच्छुकले बनाइदेलान । तर अझै दमक नगरपाकिलाका दुईवटा भवन बन्न बाँकी छ । कयौ सवारी साधन मर्मत गर्न बाँकीनै छ । प्रहरी प्रशाषन बस्ने घर बनेको छ तर संरचना पूर्ण भएको छैन । प्रहरीको मनोवल कमजोर छ । अपेक्षाकृत सुरक्षाको प्रत्याभूति हुन सकेको छैन । यसतर्फ कुन नागरीक र जनप्रतिधीले कसरी सोच्ने हो ? त्योभ ने गम्भिर बिषय बनेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन