दमकका मेयर थापाको घर भत्कउन सुरु

अहिले भाडामा बसीरहनु भएका थापाको घर फेरी बनाउन अभियान चलाइएको छ ।

दमक, २० कार्तिक । जेन जी आन्दोलनका क्रममा दमकका मेयर राम कुमार थापाको घरमा आगजानी भएको थियो। भ्दौ २४ गते साँझ करिव ५ बजे आन्दोलनका नाममा अराजक समुहले लगाइदिएको आन्दोलनबाट उहाँको घर बस्नै नहुने गरी जलेको थियो ।

प्राविधिक टोलीले गरेको निरिक्षण र त्यसको रिपोर्टबाट समेत यो घर पूःन निर्माण समेत गर्न नहुने आएपछि यसलाई भत्काउने काम गरिएको नगर प्रमुख थापाले जानकारी दिनुभयो । बिहिबारबाट भत्काउन सुरु गरिएको यो घर आफुले निकै दुख र संघर्ष गरेर बनाएको बताउँदै थापाले भन्नुभयो मेरालागीपनि सत्रु लागेछन् । जेन नी आन्दोलनकका क्रममा मेरो घर समेत जलाउन आएर यो अवस्था बनाइदिएपछि मलाई निकै दुख लागेको छ । तर पनि म नयाँ स्थितीलाई स्विकार गरेर अघी बढ्ने छु । भत्काउँदै गरेको घरको अगाडी उभीएर उज्यालो खवरलाई प्रतिकृया दिदै उहाँले बताउनु भयो ।

अहिले भाडामा बसीरहनु भएका थापाको घर फेरी बनाउन अभियान चलाइएको छ । जलेको केहि दिनमानै एउटा समिती बनेर राम थापा घर पूःन निर्माण अभियान चलाइएको थियो । दमक नगरपालिका वार्ड नं ७ का वार्ड अध्यक्ष भीम पौडेलको संरक्षकत्वमा सञ्चालीत सो अभियानले सिद्धार्थ बैंक दमकमा बैंक खाता समेत खोलेर सहयोग आह्वान गरेको थियो । तर त्यसबेला मेयर थापाको अनुरोधमा अभियान केहि समय थाती राख्न र पहिले दमकको प्रहरी कार्यालय र नगरपालिकाको कार्यालय सञ्चालनमा प्राथमीकता दिन पर्ने भनेपछि स्थगीत गरिएको थियो ।

 

तर अहिले ती सबै संचना बनेर सेवा पनि सुचारु भएकोले घर बनाउने अभियान फेरी निरनत्र चलेको मेयर थापालेनै बताउनु भएको छ । अहिले घर भत्काउने काम भइरहेको र यही ठाउँमा नयाँ घर बनाउनकालागी अहिलेसम्म सुवेच्छुकहरुबाट ४ लाख रुपैँया जम्मा भएको पनि उहाँले जानकारी दिनुभयो । अभियान चलाउने साथीहरु निरन्तर लागी रहेको र आम दमक बासी तथा सुभ चिन्तकको सहयोगलेनै घर बनाउने उहाँले बताउनु भएको छ ।

 

मेयर थापाको घर त उहाँका सुवेच्छुकले बनाइदेलान । तर अझै दमक नगरपाकिलाका दुईवटा भवन बन्न बाँकी छ । कयौ सवारी साधन मर्मत गर्न बाँकीनै छ । प्रहरी प्रशाषन बस्ने घर बनेको छ तर संरचना पूर्ण भएको छैन । प्रहरीको मनोवल कमजोर छ । अपेक्षाकृत सुरक्षाको प्रत्याभूति हुन सकेको छैन । यसतर्फ कुन नागरीक र जनप्रतिधीले कसरी सोच्ने हो ? त्योभ ने गम्भिर बिषय बनेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।