विभिन्न प्रलोभनमा परि म्यानमार पुगेका १४ जना नेपालीको उद्धार

थप ११ जना नेपालीको चाँडै उद्धारका लागि पहल गर्दै

काठमाण्डौ,२० कार्तिक।  विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई म्यानमारमा रहेको नेपाली दूतावासको पहलमा उद्धार गरिएको छ। उनीहरूलाई म्यानमारको म्यावडीबाट उद्धार गरी हिजो नेपाल पठाइएको थाइल्याण्डमा रहेको नेपाली दूतावासले बताएको छ ।

 

दूतावासका अनुसार म्यानमारमा रहेका थप ११ जना नेपालीको चाँडै उद्धारका लागि पहल भइरहेको छ भने म्यानमारको म्यावडीमा रहेका विभिन्न अनलाइन ठगी केन्द्रहरूबाट दुई हप्ताको अवधिमा ३८ जना नेपालीहरू समेत गरी विभिन्न २० देशका दुई हजारभन्दा धेरै विदेशी थाइल्याण्ड प्रवेश गरेका हुन्।

ती ३८ जना नेपालीलाई पनि नेपाल फर्काउन थाइल्याण्डका सम्बन्धित निकायसँग समन्वय भइरहेको दूतावासले बताएको छ । साथै दूतावासले श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा नपर्न आग्रह समेत गरेको जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच