दमक नगरपालिकाले निकाल्दैछ ‘स्वेत पत्र’ , कटौतीमा पर्दैछन् यस्ता कार्यक्रम

जेन जी आन्दोलनका क्रममा दमक नगरपालिकाको मात्रै २३ करोड हाराहारीको नोक्सानी भएको छ ।

दमक, २० कार्तिक । जेन जी आन्दोलनपछि आधिकारीक रुपमा बसेको दमक नगरपालिकाको कार्यपालिकाको बैठकले स्वेत पत्र निकाल्ने निर्णय गरेको छ । भदौ २३ र २४ गतेको जेन जी घटनाको समिक्षा र त्यसबाट नगर क्षेत्रमा भएको असर अनी जेन जी आन्दोलनले गरेका मागहरुको पालिका स्तरबाट समेत संवोधन गर्न सक्ने गरी स्वेत पत्र निकाल्न लागीएको दमक नगरपालिकाका प्रवक्ता तथा वार्ड नं ८ का वार्ड अध्यक्ष धर्मप्रसाद दाहाल दिपेशले जानकारी दिनुभयो ।

दुई दिन सम्म बसेको कार्यपालिकाको बैठकले चालु आर्थीक वर्षकालागी छुट्याइएको बजेटमा १० प्रतिशत घटाउँदै नयाँ परिमार्जीत कार्यक्रम समित स्वेत पत्र निकाल्न लागीएको प्रवक्ता दाहालले उज्यालो खवरलाई जानकारीदिनुभयो ।
उहाँले भन्नुभयो ‘संघीय सरकारले समेत कटौती गरेका योजना, टुक्रे योजना कटौती गरेपछि त्यसबाट परेको प्रभाव, वितरणमुखी र अनुदानका कार्यक्रम, तालीम, गोष्टि तथा सेमिनार जस्ता कार्यक्रमकालागी बिनियोजीत बजेट यो वर्ष कटौती गरिएको छ । यसबाट कटौती भएर बचेको बजेटले दमक नगरपालिकाको पूःन निर्माणमा खर्च गर्ने समेत कार्यपालिकाले निर्णय गरेको छ । ’

 

यस्तै दमक नगरपालिका, वार्ड कार्यालयहरुले हरेक वर्ष बिवप्पन्न लक्षीत कार्यक्रम अन्तर्गत निशुल्क स्वास्थ्य बिमा, विप्पन्नलाई खाद्यन्न वितरण जस्त कार्यक्रम समेत गर्दै आएको थियो । यी कार्यक्रम समेत यो वर्षकालागी कटौती गरिएको दाहालले बताउनु भयो । यसबाट यो वर्ष विप्पन्न वर्गलाई केहि अप्ठ्यारो पर्नेभएपनि आगामी वर्ष त्यसलाई परिपुर्ती गर्नेगरीको कार्यक्रम ल्याउने पनि उहाँले बताउनु भयो ।

 

जेन जी आन्दोलनका क्रममा दमक नगरपालिकाको मात्रै २३ करोड हाराहारीको नोक्सानी भएको छ । यहाँ रहेका दुई वटा मध्ये एउटा भवन पूर्णरुपमा नयाँ बनाउनु पर्ने र अर्कोपनि मर्मत गर्न निकै खर्च आउने प्राविधिक परिक्षणको रिपाृेर्टले जनाएको छ । यसैगरी नगरपालिका अहिले सवारी साधान बिहिन भएको छ । दर्जनौ दुई पाङग्रे र चार पाङग्रे गाडीहरु समेत जलेका छन् ।

 

सिङ्गो नगरकै निगरानी गर्न जडान गर्न ठिक्क पारिएका करिव २ करोड बढिका सिसि क्यामारा र त्यसको सिस्मट जलेका छन् । यस्तै अन्य सार्वजिनक सेवा प्रवाह गर्ने शाखा तथा अन्य दस्तावेजहरुमा समेत क्षती भएकोले यो पटक बजेटमा कटौती गरेर पूःन निर्माण गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन