दमक नगरपालिकाले निकाल्दैछ ‘स्वेत पत्र’ , कटौतीमा पर्दैछन् यस्ता कार्यक्रम

जेन जी आन्दोलनका क्रममा दमक नगरपालिकाको मात्रै २३ करोड हाराहारीको नोक्सानी भएको छ ।

दमक, २० कार्तिक । जेन जी आन्दोलनपछि आधिकारीक रुपमा बसेको दमक नगरपालिकाको कार्यपालिकाको बैठकले स्वेत पत्र निकाल्ने निर्णय गरेको छ । भदौ २३ र २४ गतेको जेन जी घटनाको समिक्षा र त्यसबाट नगर क्षेत्रमा भएको असर अनी जेन जी आन्दोलनले गरेका मागहरुको पालिका स्तरबाट समेत संवोधन गर्न सक्ने गरी स्वेत पत्र निकाल्न लागीएको दमक नगरपालिकाका प्रवक्ता तथा वार्ड नं ८ का वार्ड अध्यक्ष धर्मप्रसाद दाहाल दिपेशले जानकारी दिनुभयो ।

दुई दिन सम्म बसेको कार्यपालिकाको बैठकले चालु आर्थीक वर्षकालागी छुट्याइएको बजेटमा १० प्रतिशत घटाउँदै नयाँ परिमार्जीत कार्यक्रम समित स्वेत पत्र निकाल्न लागीएको प्रवक्ता दाहालले उज्यालो खवरलाई जानकारीदिनुभयो ।
उहाँले भन्नुभयो ‘संघीय सरकारले समेत कटौती गरेका योजना, टुक्रे योजना कटौती गरेपछि त्यसबाट परेको प्रभाव, वितरणमुखी र अनुदानका कार्यक्रम, तालीम, गोष्टि तथा सेमिनार जस्ता कार्यक्रमकालागी बिनियोजीत बजेट यो वर्ष कटौती गरिएको छ । यसबाट कटौती भएर बचेको बजेटले दमक नगरपालिकाको पूःन निर्माणमा खर्च गर्ने समेत कार्यपालिकाले निर्णय गरेको छ । ’

 

यस्तै दमक नगरपालिका, वार्ड कार्यालयहरुले हरेक वर्ष बिवप्पन्न लक्षीत कार्यक्रम अन्तर्गत निशुल्क स्वास्थ्य बिमा, विप्पन्नलाई खाद्यन्न वितरण जस्त कार्यक्रम समेत गर्दै आएको थियो । यी कार्यक्रम समेत यो वर्षकालागी कटौती गरिएको दाहालले बताउनु भयो । यसबाट यो वर्ष विप्पन्न वर्गलाई केहि अप्ठ्यारो पर्नेभएपनि आगामी वर्ष त्यसलाई परिपुर्ती गर्नेगरीको कार्यक्रम ल्याउने पनि उहाँले बताउनु भयो ।

 

जेन जी आन्दोलनका क्रममा दमक नगरपालिकाको मात्रै २३ करोड हाराहारीको नोक्सानी भएको छ । यहाँ रहेका दुई वटा मध्ये एउटा भवन पूर्णरुपमा नयाँ बनाउनु पर्ने र अर्कोपनि मर्मत गर्न निकै खर्च आउने प्राविधिक परिक्षणको रिपाृेर्टले जनाएको छ । यसैगरी नगरपालिका अहिले सवारी साधान बिहिन भएको छ । दर्जनौ दुई पाङग्रे र चार पाङग्रे गाडीहरु समेत जलेका छन् ।

 

सिङ्गो नगरकै निगरानी गर्न जडान गर्न ठिक्क पारिएका करिव २ करोड बढिका सिसि क्यामारा र त्यसको सिस्मट जलेका छन् । यस्तै अन्य सार्वजिनक सेवा प्रवाह गर्ने शाखा तथा अन्य दस्तावेजहरुमा समेत क्षती भएकोले यो पटक बजेटमा कटौती गरेर पूःन निर्माण गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।