इन्ट्रा गोल्डकपलाई नगरले साढे ७ लाख दिने

पथरी शनिश्चरे, कार्तिक २० / मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरमा जारी इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको लागि आवश्यक पहिलो र दोस्रो नगद पुरस्कार राशि व्यवस्थापन गर्ने भएको छ ।

 

नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा कार्यपालिको पछिल्लो बैठकले प्रतियोगिताको पहिलो र दोस्रो पुरस्कारको नगद राशि ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

 

बैठकले नगरमा ग्राभेलको दररेट १ हजार १ सय ८० प्रतिघनमा निर्धारण गर्ने, मालपोत कार्यालय र स्थानीय जग्गा दररेट फरक परेर नागरिकले पाएको सास्तीलाई हल गर्न दररेट समायोजन गरिने, पथरी नगर अस्पतालको नयाँ भवनबाट सेवाप्रवाह गर्न निर्माण सम्पन्न भएको भवन ठेकेदार कम्पनीलाई फरफराकका लागि पत्राचार गरिने लगायतका निर्णय गरेको छ ।

 

यस्तै, निर्वाचन आयोगबाट प्राप्त पत्रमा नगरपालिकाको मतदान स्थलहरू साविककै स्थानलाई कायम गरिने, जेनजी आन्दोलनको समयमा जोखिम मोलेर नगरपालिकाको एम्बुलेन्स, दमकल, शब वाहन, फोहोर उठाउने गाडी लगायतका यातायातका साधनलाई जोगाउने चालक र नगर प्रहरीहरुलाई सम्मान गरिने, पाक्न लागेको धानबालीमा भएको क्षतिको विवरण संकलन गरी प्रदेश सरकार र संघीय सरकार समक्ष क्षतिपूर्ति माग गर्ने पनि निर्णय भएको छ ।

 

जेनजी आन्दोलनका क्रममा नगरपालिका र वडा कार्यालयमा भएको क्षतिको विवरण राष्ट्रिय योजना आयोगमा पठाउने, नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुलाई तत्कालका लागि आवश्यक कम्प्युटर र प्रिन्टर खरिद गर्ने समेत निर्णय बैठकको छ । संघीय सरकारले बजेटको विस्तृत जानकारी पठाएपछि नगरपालिकाको विशेष नगरसभा गरिने र पथरी बजार र भित्रका बाटोहरुलाई यातायात सहज बनाउन एकतर्फी सञ्चालनको योजना बनाउने सल्लाह गरिने लगायतको निर्णयहरु गरिएको नगर प्रवक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष नविन कार्कीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।