पेसाले शिक्षक पराईको पत्रकारिता र साहित्यमा प्रभाव

अनुशीलन ४९

पथरी, २० कार्तिक / सानैदेखि तिक्ष्ण स्वभावका उहाँ कविता, वक्तृत्वकला, वादविवाद, हाजिरीजवाफ जस्ता सृजनशील कर्ममा सधैं अगाडि हुनुहुन्थ्यो । यस्तै यस्तै कर्ममा जोडिएर लेख्न र पढ्न रुचाउने मोरङको पथरी शनिश्चरे ७ का रोहिणीप्रसाद घिमिरे संयोगवस पत्रकारिता क्षेत्रसँग जोडिन पुग्नुभयो ।

 

त्यो बेला पत्रकारिता गर्नु भनेको फलामको च्युरा चपाउनु जस्तै थियो । ०५३ सालमा इटहरीबाट राजकुमार दिक्पाल, इन्द्र न्यौपानेहरुले प्रकाशन गरेको ‘नवसंचार’ साप्ताहिकमा समाचार लेख्न थाल्नु भएका उहाँले लामो समय त पत्रकारिता गर्नु भएन । तर उहाँको विश्लेषणात्मक लेखन कलाले उत्कृष्ठ पत्रकारका रुपमा छाप भनें छोड्न सफल भयो ।

 

‘नवसंचार’पछि धरानको ‘न्यूज टाइम्स’मा काम गर्दा सम्पादन मण्डलमा रहनु भएका राजकुमार दिक्पालले सृजनशील नाम जुराईदिनुभयो ‘रोहित पराई’ । त्यसपछि धरानकै ‘मर्निङ पोष्ट’ दैनिकमा पनि संवाददाता भएर काम गर्नुभयो । त्यसबीचमा काठमाडौंको ‘जनभावना’ साप्ताहिकमा केही समय समाचार पठाउन भ्याउनु भयो । काठमाडौंको ‘नेपाल समाचारपत्र’ दैनिकमा लेख तथा फिचर छापिए । ०५४ सालबाट शिक्षण पेशामा लागेपछि चाँहि उहाँले पत्रकारिता कम गर्दै जान थाल्नु भयो । २०५५ बाट प्रकाशित पथरीको ‘मोफसल’ साप्ताहिकमा सम्पादकको भूमिकामा रहेपनि उहाँको सक्रिय पत्रकारिता लगभग १० वर्षसम्म मात्र रह्यो । ०६४ बाट प्रकाशित ‘अनमोलमणि’ साप्ताहिकमा सम्पादकको नाम उहाँकै रहेपनि सम्पादनको भूमिकामा भनें रहनु भएको छैन ।

 

रुद्रप्रसाद र उमा घिमिरेका जेठो सन्तानका रुपमा वि.सं.२०३० साल असोज २१ गते संखुवासभाको पाँचखपनमा जन्मिनु भएका उहाँ ०६९ सालबाट पथरी शनिश्चरे ७ को बालकल्याण माविको प्रधानाध्यापकको जिम्मेबारीमा हुनुहुन्छ । पथरी शनिश्चरे नगरको स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणका एक सदस्य समेत रहनु भएको छ ।

 

कविताहुँदै गजल र मुक्तक विधामा प्रभावकारी सर्जकका रुपमा चिनिनु हुने पराई पछिल्लो समय छन्द कविता र बहरका गजल लेखनमा बढी सक्रिय हुनुहुन्छ ।

 

उहाँ सृजना चौतारी पथरी शनिश्चरे, इटहरी साहित्यिक समूह, छन्द अलंकार काठमाडौं, नझरेका फूलहरु सुन्दरहरैंचा लगायत दर्जनौं संघ संस्थाबाट सम्मानित र पुरस्कृत भइसक्नु भएको छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा गरिएको भलाकुसारीको भिडिओ हेर्नुहोला :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन