जेन नी आन्दोलनको जगमा बनेको सरकार जेनजीको भावना विपरीत

दमक, २१ कार्तिक । हुन त यो सरकार अन्तरीम हो । र दल रहित सरकार हो । अनी जेन जी आन्दोलनको बलमा बनेको गैरदलीय नागरीक सरकार हो । तर आन्दोलनको जगबाट बनेको यो सरकार त्यहि आन्दोनलको माग र अपेक्षालाई भने पुरा गर्न नसकरिहेको भन्दै ओलोचीत बन्न थालेको छ । जेन जी आन्दोलनको माग के थियो ? सरकार गर्दैछ चाहि के त ? आजको यो रिपोर्टमा हामी त्यसबारेमा चर्चा गर्ने छौ ।

 

भदौ २३ गते जेन जी आन्दोलन भयो । यो आन्दोलनले मुख्य तीनवटा कुरालाई जोडदार माग राखेको थियो । पहिलो नं भ्रष्टचार नियन्त्रण र भ्रष्टचारीलाई कार्वाहि । दोस्रो नम्बर सुसाषनयूक्त राज्य संरचना निर्माण । र अर्को तीन नम्बरमा चाहि वाक स्वतन्त्रता अर्थात सामाजीक सञ्जाल सञ्चालनमा अनुमती । यी तीन मध्ये तेस्रो नम्बरको माग आन्दोलन भएकै दिनको अपरान्हमै पुरा भइहाल्यो । अन्य बाँकी दुईवटा माग चाहि अहिले सम्म पुरा हुन सकेको छैन । तर ती माग अहिलेनै तुरुन्तै ,, क्षणभरमै पुरा हुने गरी हैन पनि । त्यस कारण ती माग पुरा गर्न एउटै ठुलै संकल्प चाहिन्छ । तर बिभिन्न भ्रष्टचारमा मुद्धा लागेका भिअइपिहरुलाई अनुसन्धान पनि थाल्न सकेको छैन । अनी सुशाषनका लागी नयाँ उद्धघोष र निर्णय पनि भएको छैन । तर भएको छ त एउटै मात्रको घोषणा । त्यो हो आगामी फागुन २१ गते चुनाव । किनकी यो सरकार बनेको कृहि बेरमै प्रतिनिधीसभा बिगठन भयो र त्यहि बिगठीत प्रतिनिधीसभाकालागि चुनाव गराउने मिती घोषणा गरिएको छ । त्यसैले दमक ८ का वार्ड सदस्य समेत रहनु भएका पदम गिरी भन्नु हुन्छ अव जेनजीले उठान गरेका माग आगामी निर्वाचनबाट बन्ने सरकारले मात्रै पुरा गर्ने छ । वर्तमान सरकारबाट ती माग पुरा गर्न चुनौती मात्रै हैन असम्भ पनि उहाँ देख्नु हुन्छ ।

२३ गते सत्ता पक्षबाट निहत्था भयो । त्यसैको प्रतिकार स्वरुप २४ गते आन्दोलनले बिधंश रुप निकाल्यो । तर यती बिधंश कि देशनै जल्ने गरी । सबै सकिने गरी । राज्यका महत्वपूर्ण संरचना , सम्पत्ती, दस्तावेज जले खरानी भए । यतीमात्रै नभएर व्यक्तिका अन्य घर तथा सम्पत्ती पनि जलाइयो । यी सबै घटना सम्झदा अत्यास सबैलाई लाग्छ । अत्यास लाग्दो यो अवस्थाबाट बनेको यो सरकार यस्तो अवस्था आउने र बनाउनेका विरुद्धमा शशक्त कार्वाहिमा उत्रन सकेन भन्दै आक्रोस व्यक्त गर्नु हुन्छ दमक २ का स्थानीय कुमार कोईराला ।

तर दमक ८ का याम पोखरेल चाहि वर्तमान सरकासग अली बढि अपेक्षा राख्नु हुन्छ । चुनावी म्याण्डेट प्राप्त सरकारबाट यूवाहरुले चाहेको रोजगार स्थापना गर्नु पर्ने, शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ गराउनु पर्ने तथा विकास निर्माणका कामलाई थप तदारुकता दिनुपर्ने भएपनि त्यस अनुसार गर्न नसकेको चीन्ता देखाउनु हुन्छ ।

आन्दोलनले के गर्यो ? नेकपा एमाले र काग्रेसको सहकार्यमा बनेको केपि ओली नेतृत्व सरकारलाई अपदस्व गर्यो । संसद बिगठन गर्यो । दलहरुलाई डर र त्रास बनायो । विभिन्न अपरीत व्यक्ति र समुह सरकार निर्माणमा सहभागी हुन सक्ने भन्दै केहि नयाँ अनुहारको पहिचान गरायो । नयाँ अनुहारका नेता बन्न खोज्नेहरु देख्न पाइयो । जेन जी भनेको के हो भन्ने कुराको अनुभूति गर्न पाइयो । दमक ८ कै पुष्कर बस्नेतको भनाई छ यदी सकिन्छ र मिल्छ भने संविधान संसोधन गरौ । प्रदेश संरचना खारेज गरौ । प्रत्यक्ष कार्यकारी सरकार प्रमुख चुनीने व्यवस्था गरौ ।

जेनजी आन्दोलन युवा पुस्ताको सामाजिक, आर्थिक, र राजनीतिक समृद्धि तथा अधिकारका लागि उठेको एक समग्र आन्दोलन हो। युवा वर्गले आफ्नो भविष्य र देश परिर्वतनको लागि आवाज उठाए तर आन्दोलन पछि सरकारले केहि गर्न नसकेको भन्दै आम नागरिक आक्रोशित हुन थालेका छन् । जेनजी आन्दोलनले नेपालको आगामी भविष्यका लागि महत्वपूर्ण भूमिका खेल्ने जनताले अपेक्षा गरेका छन् ।युवाहरूको सक्रियता र जागरूकतालाई कदरयोग्य गरे वर्तमान सरकारले नेपालको समृद्धि र समानताको दिशामा सकारात्मक प्रभाव पार्ने जेनजी आन्दोलनबाट देशका जनताले अपेक्षा गरेका छन् ।
उज्यालो खवरकालागी क्यामारामा सुजन भण्डारीका साथमा रेखा रसाईलीको रिपोर्ट ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक–७ को वडा अध्यक्ष बन्ने चिरन न्यौपानेको आकांक्षा, १५ बुँदे विकास योजना सार्वजनिक

पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा

दमक–६ बालमैत्री वडा घोषणा, यसरी बन्यो भव्य

दमक, ७ असोज । दमक नगरपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा भएको छ।बुधबार पशुपति मन्दिरमा भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु