झापाको कन्काईमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

झापा,२५ कार्तिक। झापाको कन्काई नगरपालिकामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति करिब ९ः१० बजे कन्काई–३ नयाँ बस्तीस्थित भित्री सडकखण्डमा सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै गरेको प्रदेश–१–०२–०५८प–५०६३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश–१–०१–०१५प–४२१० नम्बरको मोटरसाइकल एकआपसमा जुधेका हुन्।

दुर्घटनामा ५०६३ नम्बरको मोटरसाइकल चालक कन्काई–३ का ३३ वर्षीय दिपक सिटौला गम्भीर घाइते भएका थिए भने टाउकोमा चोट लागेका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पठाइएकोमा उनको बाटैमा मृत्यु भएको थियो।

घटनापछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायव निरीक्षक सुबास ढुंगानाको कमाण्डमा टोली खटिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न ४२१० नम्बरको मोटरसाइकल र त्यसका चालक कन्काई–६ का २३ वर्षीय नितेश बस्नेत तथा पछाडि सवार बाह्रदशी–७ सुन्दरटोलका २१ वर्षीय उत्सव बस्नेतलाई नियन्त्रणमा लिएको बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच

रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु —राज्यको मौनता र नागरिकको चित्कार

रोल्पा ,१९ वैशाख । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटना भएको आज तीन दिन बितेको छ। ७०० मिटर

नातीको नाममा अक्षय कोष स्थापना

दमक । १९ बैशाख । दमक ६ निवासी ऐश्वर्य तिम्सिनाले आफ्‌नो नातीको नाममा अक्षय कोष स्थापना गर्नु भएको छ ।   दमक ९ मा रहेको