सृजना अभियानका उत्प्रेरक प्रा.डा. गोविन्दराज भट्टराई

अनुशीलन ५१

दमक, २८ कार्तिक / झापाको दमक स्थायी घर भई काठमाडौंलाई लामो समयदेखि जागिर र साहित्य क्षेत्रको कर्मथलो बनाएर उहाँले आफ्‌नो गर्विलो इतिहास निर्माण गर्नुभएको छ ।

 

उपन्यास, नियात्रा र निबन्धमा उत्तिकै दखल भए तापनि प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको समालोचकीय व्यक्तित्व बढी प्रभावशाली मानिन्छ । लामो समयसम्म भाषा–साहित्यमा समर्पित बन्दै त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्दै त्यहाँको सहायक डिन तथा अंग्रेजी विभाग प्रमुखको जिम्मेबारी समेत कुशलतापूर्वक निर्वाह गर्नु भयो ।

 

वि.सं. २०१० साल साउन १२ गते पाँचथरको फलैंचा १ च्याङ्थापुमा पण्डित टेकनाथ र माता मन्दोदराका सन्तानका रुपमा जन्मिनु भएका उहाँको जसरी पढ्ने र लेख्ने कुरामा ध्यानमग्न बन्ने स्वभावले त्यही क्षेत्रमा आफूलाई स्थापित गराछाड्यो । अंग्रेजी भाषाको दख्खलले नेपाली साहित्यलाई विश्वस्तरको विस्तारमा उहाँको भूमिका महत्वपूर्ण रह्यो ।

 

०७३ सालबाट सेवानिवृत्त उहाँका मुगलान, मणिपुरको चिठी, सुकरातका पाइला, सुकरातको डायरीजस्ता उपन्यास, तथा उत्तराधुनिक ऐना, उत्तराधुनिक विमर्श, समयबोध र उत्तराधुनिकता, काव्यिक आन्दोलनको परिचय, आख्यानको उत्तराधुनिक पर्यावलोकन, पश्चिमी बलेँसीको बाछिटा आदि समालोचनाका अनेक ग्रन्थ प्रकाशित छन् । ०३२ सालमा उहाँको पहिलो कृति उपन्यास मुगलान प्रकाशित भएको थियो । मुगलान त नेपालीका अलावा अंग्रेजी, आसामी, र वंगाली भाषामा प्रकाशित भएको छ । लगातार लेख्दै जाँदा हाल उहाँको ८७ औं कृति प्रकाशनको क्रममा पुगेको छ ।

 

विभिन्नखाले विचार र लेखनलाई प्रोत्साहित गर्ने उत्प्रेरक सर्जकका रुपमा समेत परिचित उहाँले विभिन्न देशमा डायस्पोरिक सर्जकलाई प्रोत्साहन भर्न साहित्यिक कार्यक्रममा उर्जाशील सहभागिता जनाउनु भएको छ । उहाँले जीवननाथ जमकटेल स्मृति नेपाली साहित्य उद्वोध सम्मान, नेपाली भाषा परिषद भुटानबाट परिषद साहित्य सेवा पुरस्कार, महालक्ष्मी साहित्य पुरस्कार, चक्रपाणी स्मरण पुरस्कार, नेपाली साहित्यका सय हाराहारीका विशिष्ट सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा गरिएको भलाकुसारीको भिडिओ हेर्नुहोस् :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८