सृजना अभियानका उत्प्रेरक प्रा.डा. गोविन्दराज भट्टराई

अनुशीलन ५१

दमक, २८ कार्तिक / झापाको दमक स्थायी घर भई काठमाडौंलाई लामो समयदेखि जागिर र साहित्य क्षेत्रको कर्मथलो बनाएर उहाँले आफ्‌नो गर्विलो इतिहास निर्माण गर्नुभएको छ ।

 

उपन्यास, नियात्रा र निबन्धमा उत्तिकै दखल भए तापनि प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको समालोचकीय व्यक्तित्व बढी प्रभावशाली मानिन्छ । लामो समयसम्म भाषा–साहित्यमा समर्पित बन्दै त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्दै त्यहाँको सहायक डिन तथा अंग्रेजी विभाग प्रमुखको जिम्मेबारी समेत कुशलतापूर्वक निर्वाह गर्नु भयो ।

 

वि.सं. २०१० साल साउन १२ गते पाँचथरको फलैंचा १ च्याङ्थापुमा पण्डित टेकनाथ र माता मन्दोदराका सन्तानका रुपमा जन्मिनु भएका उहाँको जसरी पढ्ने र लेख्ने कुरामा ध्यानमग्न बन्ने स्वभावले त्यही क्षेत्रमा आफूलाई स्थापित गराछाड्यो । अंग्रेजी भाषाको दख्खलले नेपाली साहित्यलाई विश्वस्तरको विस्तारमा उहाँको भूमिका महत्वपूर्ण रह्यो ।

 

०७३ सालबाट सेवानिवृत्त उहाँका मुगलान, मणिपुरको चिठी, सुकरातका पाइला, सुकरातको डायरीजस्ता उपन्यास, तथा उत्तराधुनिक ऐना, उत्तराधुनिक विमर्श, समयबोध र उत्तराधुनिकता, काव्यिक आन्दोलनको परिचय, आख्यानको उत्तराधुनिक पर्यावलोकन, पश्चिमी बलेँसीको बाछिटा आदि समालोचनाका अनेक ग्रन्थ प्रकाशित छन् । ०३२ सालमा उहाँको पहिलो कृति उपन्यास मुगलान प्रकाशित भएको थियो । मुगलान त नेपालीका अलावा अंग्रेजी, आसामी, र वंगाली भाषामा प्रकाशित भएको छ । लगातार लेख्दै जाँदा हाल उहाँको ८७ औं कृति प्रकाशनको क्रममा पुगेको छ ।

 

विभिन्नखाले विचार र लेखनलाई प्रोत्साहित गर्ने उत्प्रेरक सर्जकका रुपमा समेत परिचित उहाँले विभिन्न देशमा डायस्पोरिक सर्जकलाई प्रोत्साहन भर्न साहित्यिक कार्यक्रममा उर्जाशील सहभागिता जनाउनु भएको छ । उहाँले जीवननाथ जमकटेल स्मृति नेपाली साहित्य उद्वोध सम्मान, नेपाली भाषा परिषद भुटानबाट परिषद साहित्य सेवा पुरस्कार, महालक्ष्मी साहित्य पुरस्कार, चक्रपाणी स्मरण पुरस्कार, नेपाली साहित्यका सय हाराहारीका विशिष्ट सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा गरिएको भलाकुसारीको भिडिओ हेर्नुहोस् :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल