सभामुख देवराज घिमिरेद्धारा बिर्तामोड स्थित देबी माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास

झापा, २९ कार्तिक ।झापा बिर्तामोड नगरपालिका–५ स्थित देबी माध्यमिक विद्यालयमा ‘बिग स्कूल प्रोजेक्ट’ अन्तर्गत निर्माण हुन लागेको नयाँ भवनको शनिबार औपचारिक रूपमा शिलान्यास गरिएको छ। विद्यालय व्यवस्थापन समितिका सदस्य रतन राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भवनको शिलान्यास गर्नु भएको छ ।

कार्यक्रममा पूर्व महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो। नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत सञ्चालन हुने ‘बिग स्कूल प्रोजेक्ट’ अन्तर्गत देबी माध्यमिक विद्यालयमा ६ करोड रुपैयाँको लागतमा भवन निर्माण कार्य अघि बढाइने विद्यालयले बताएकोे छ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले जेनजी आन्दोलनमा युवा पुस्तालाई दुरुपयोग गरिएको आरोप लगाउनु भयो। उहाँले असंवैधानिक रूपमा सरकार गठन भएको दाबी गर्दै नयाँ सरकारले प्रारम्भमै राम्रो काम र दीर्घदृष्टियुक्त योजनाहरू खारेज गर्न सुरु गरिसकेको आरोप लगाउनु भयो । त्यसअन्तर्गत बजेट कटौती, भवन उद्घाटन तथा शिलान्यास नगर्ने नीति अवलम्बन गरेर सरकारले गलत मनसाय देखाएको उहाँको आरोप छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।