समयसँगै शब्द यात्रामा जीत सुनार

अनुशीलन ५२

दमक, २९ कार्तिक / प्युठानबाट जागिर खोज्ने सिलसिलामा भारत पुग्नु भएका बुबा इन्डियन आयल कर्पोरेसनको जागिरे बन्नुभयो । बुबाको निधनपछि त्यो ठाउँमा जागिर दिने परिपाटी अनुसार जीत सुनार सन् १९७६ मा कर्पोरेसनमा जागिरे बन्नुभयो । कक्षा ९ पढ्दै गर्दा १७ वर्षको उमेरमा डिगबोइ तीनसुकियामा प्राप्त जागिरपछि त्यहाँ बस्दै जाँदा उहाँमा पुस्तक पढ्ने र लेख्ने वानी पर्न थाल्यो । जागिर खाँदै उहाँले कलामा बीए उत्तीर्ण गर्नुभयो ।

 

४० वर्षको उमेर हुँदा सन् २००० सालबाट कथा र गीत लेख्न थाल्नु भएका उहाँले कथा संग्रह कस्तुरी मृग, एक मुठी निध र किस्ता किस्ता जिन्दगी प्रकाशित गर्नुभयो । ‘कता कता एकान्तमा’ गीति एल्बम समेत प्रकाशनमा ल्याएर आफूलाई साहित्यिक क्षेत्रमा चिनाउन सफल बन्नु भयो । उहाँले नेपालीबाट अंग्रेजी र अंग्रेजीबाट नेपालीमा ८ वटा कृति अनुवाद समेत गर्नुभएको छ ।

 

जगुराम र सुमित्रा सुनारका सन्तानका रुपमा सन् १९५९ अक्टोबर ११ मा जन्मिनु भएका उहाँ हाल भारतकै सिलगडीमा बसोबास गर्दै जागिरबाट अवकासप्राप्त जीवनलाई सृजनात्मक रुपमा विताइरहनु भएको छ । त्यहाँको सालबारीमा रहेको अलि फरकखाले साहित्यिक अभियानगत संस्था ‘शव्द समय’को संयोजकको भूमिकामा रही साहित्यको प्रभाव विस्तारमा आफ्‌नो जीवन सुम्पिरहनु भएको छ ।

 

उहाँले कथामा अभिजमान स्मृति पुरस्कारका साथै मितेरी सम्मान काठमाडौं लगायतबाट सम्मानित र पुरस्कृत बनेर सृजना क्षेत्रमा आफूलाई थप उर्जाशील बनाइरहनु भएको छ । उहाँसँग उज्यालो खबरको कार्यक्रम ‘अनुशीलन’को ५२ औं शृंखलामा गरिएको भलाकुसारी र सृजना प्रस्तुति भिडिओमा हेर्नुहोस् :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आरुघाट पुलको सन्देशले सांसद श्रेष्ठ विवादमा, फुर्केखोलाको पुलबारे उठ्यो प्रश्न

धादिङ । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित पुल बगाएपछि नयाँ बेलिब्रिज जडानका लागि पहल सुरु भएको छ। तर, पुल पुनःस्थापनाका

मानसिक स्वास्थ्य सम्बन्धी ऐन ल्याउने सरकारको तयारी

काठमाडौं,२६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित, प्रभावकारी र नागरिकको पहुँचमा पुर्याउन सरकारले आवश्यक कानुनी आधार निर्माणलाई प्राथमिकता दिएको

कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ , नैनसिंह महर

काठमाडौं,२६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनको महामन्त्री पदका उम्मेदवार नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका

हिरोमा पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते

मुगु ,२६ असोज। सोमबार विहान पहिरोमा पुरिएर गम्भीर घाइते भएका जेसीभी चालकको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार बिहान ९ः४० बजेको समयमा पहिरो खसेपछि

दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,२६ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति–सुरक्षाको अनुभूति गर्नेगरी कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतहरूलाई निर्देशन दिनु