झापा, २ मंसिर । भारतमा रेल दुर्घटनामा परी झापा कचनकवलका एक युवकको मृत्यु भएको जानकारी पाइएको छ ।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका–४ पगलीभिट्टा निवासी कार्तिक मियाँका छोरा फरमुद आलमको मृत्यु भएको हो ।
पारिवारिक स्रोतका अनुसार आलम दिल्लीबाट रेल चढेर घर फर्कने क्रममा सोमबार राति उत्तर प्रदेश राज्य जागिपुर रेलवे स्टेसन नजिकै लडेर गम्भीर घाइते भएका थिए । घाइते आलमको त्यही मृत्यु भएको जानकारी पाइएको छ।
उनी कामको सिलसिलामा केही महिना अगाडि भारतको राजधानी नयाँ दिल्ली गएका हुन्। शवको कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले बताएको छ ।









