विदेशी चेन होटलका ‘मेन सेफ’ ल्याएर दमकमा देखाइयो ‘लाईभ कुकिङ’

दमक २ मंसिर । सबैजनाको शिरमा सेतो टोपी छ । ठुलै स्टार होटलमा सर्भीस गर्नेजस्तै गरी मिलेर बसेका छन् । सबैजनामा एउटा उत्साह छ । मानौ कुनै होटलमा डिस अर्डर छ । नयाँ डिस । त्यो कसरी बनाउने भन्नेबारेमा छलफल भए जस्तै । छेउछाउमा देखिएको किचनको फूल सेट अपले पनि त्यस्तै झल्काइरहेको छ । तर यो डिस बनाउनेहरुको भीड हैन । यो डिस बनाउन सिक्नेहरुको भीड हो । यो भीड दमक ८ स्थित यूनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्ड होटल म्यानेजमेण्ट अध्ययन गर्नेहरुको हो । उनीका सामु उभीएर तारे होटलमा कसरी डिस बनाउने र किचनको मेन्ण्टेन कसरी गर्ने भन्नेबारेमा क्लास दिइरहनु भएका यी व्यक्ती हुन भारतको मध्य पश्चिममा शाखाको रुपमा रहेको चेन होटल , होटल म्यारीयडका चिफ सेफ आसु तोस कुमार र एच आर म्यानेजर प्रियन्सु पाल्भीया ।

यसरी विदेशी होटलमा वर्षौ सम्म काम गरीसकेका यस्ता अनुभवीको अनुभव आफ्नै कलेजमा आएर सुन्न पाएकोमा विद्यार्थीहरु उत्साही छन् । स्वदेशमै बसेर विदेशको परिकार, किचन मेण्टेन , आफुले ध्यान दिनुपर्ने कुराहरु यही सिक्न भएको भन्दै विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् ।

होटल म्यारीयडका चिफ सेफ आसु तोस कुमार र एच आर म्यानेजर प्रियन्सु पाल्भीया मार्फत यहाँ अध्ययन गर्ने विद्यार्थीले पकाउन मात्रै सिकेनन । उनीहरुले पाकाएका ती परिकारहरु ग्राहकलाई कसरी पुर्याउने र पुर्याएका बेला केके कुरामा कसरी ध्यान दिने कुराहरु पनि सिकेका थीए ।

यी प्रयोगात्मक मात्रै नभएर यहाँ अध्ययन गरिरहेका बिएच एमका विद्यार्थी पढिरहेका कक्षामा समेत गएर ती विज्ञहरुले आफ्नो अनुभव सुनाइरहनु भएको थियो । जहाँ विद्यार्थीहरुले निकै चाख मानेर अनुभवीका अनुभव सुनीरहनु भएको थियो ।

विद्यार्थीलाई कितावमा के छ त्यो मात्रै सिकाएर पुग्दैन । त्यहाँ लेखीएका कुरा प्रत्यक्ष देखाएर अनुभती पनि गराउन पर्छ । त्यसकारणले गर्दा यस यूनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्ड होटल म्यानेजमेण्टले होटल म्यानेजमेण्ड पढिरहेका विद्यार्थीहरुलाई भविष्यमा गएर उनीहरु के बन्ने हुन त्यहि अनुसारका बिज्ञहरु ल्याएर प्रत्यक्ष साक्षातकार गराउने गरेको बताउनु हुन्छ यही कलेजका तर्फबाट तारा बीर थापा, संयोजक, होटल म्यानेजमेण्ड , यूनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्ड होटल म्यानेजमेण्ट अध्ययन गर्ने अधिकांश विद्यार्थीको लक्ष्य विदेशमा जाने वा विदेशी चेन होटलमा सेवा गर्ने हुन्छ । त्यस अनुसारका होटलमा काम गर्नेहरुले कसरी सेवा प्रावाह गर्ने गरेका छन् र त्यसको भविष्य कस्तो छ भन्ने कुराहरु विद्यार्थीलाई प्रत्यक्ष जानकारी गराउन पनि कलेजले यसखालको कार्यक्रम हरेक वर्ष गर्ने गरेको कलेजका प्रमुख भीम प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्लस टु र ब्याचलर अध्ययन गर्ने विद्यार्थीहरु अव आफ्नो भविष्य कहाँ र कसरी बनाउने भन्ने कुरा स्पष्ट बुझिसकेका हुन्छन् । यही बेलामा उनीहरुको रुची र अध्ययन गरि रहेको क्षेत्रमा भविष्य देखिाइने हो भने उनीहरुकालागी मार्गदर्शनमा थप प्रभावकारी हुने छ । र यो काम यस कलेजले गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन