विदेशी चेन होटलका ‘मेन सेफ’ ल्याएर दमकमा देखाइयो ‘लाईभ कुकिङ’

दमक २ मंसिर । सबैजनाको शिरमा सेतो टोपी छ । ठुलै स्टार होटलमा सर्भीस गर्नेजस्तै गरी मिलेर बसेका छन् । सबैजनामा एउटा उत्साह छ । मानौ कुनै होटलमा डिस अर्डर छ । नयाँ डिस । त्यो कसरी बनाउने भन्नेबारेमा छलफल भए जस्तै । छेउछाउमा देखिएको किचनको फूल सेट अपले पनि त्यस्तै झल्काइरहेको छ । तर यो डिस बनाउनेहरुको भीड हैन । यो डिस बनाउन सिक्नेहरुको भीड हो । यो भीड दमक ८ स्थित यूनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्ड होटल म्यानेजमेण्ट अध्ययन गर्नेहरुको हो । उनीका सामु उभीएर तारे होटलमा कसरी डिस बनाउने र किचनको मेन्ण्टेन कसरी गर्ने भन्नेबारेमा क्लास दिइरहनु भएका यी व्यक्ती हुन भारतको मध्य पश्चिममा शाखाको रुपमा रहेको चेन होटल , होटल म्यारीयडका चिफ सेफ आसु तोस कुमार र एच आर म्यानेजर प्रियन्सु पाल्भीया ।

यसरी विदेशी होटलमा वर्षौ सम्म काम गरीसकेका यस्ता अनुभवीको अनुभव आफ्नै कलेजमा आएर सुन्न पाएकोमा विद्यार्थीहरु उत्साही छन् । स्वदेशमै बसेर विदेशको परिकार, किचन मेण्टेन , आफुले ध्यान दिनुपर्ने कुराहरु यही सिक्न भएको भन्दै विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् ।

होटल म्यारीयडका चिफ सेफ आसु तोस कुमार र एच आर म्यानेजर प्रियन्सु पाल्भीया मार्फत यहाँ अध्ययन गर्ने विद्यार्थीले पकाउन मात्रै सिकेनन । उनीहरुले पाकाएका ती परिकारहरु ग्राहकलाई कसरी पुर्याउने र पुर्याएका बेला केके कुरामा कसरी ध्यान दिने कुराहरु पनि सिकेका थीए ।

यी प्रयोगात्मक मात्रै नभएर यहाँ अध्ययन गरिरहेका बिएच एमका विद्यार्थी पढिरहेका कक्षामा समेत गएर ती विज्ञहरुले आफ्नो अनुभव सुनाइरहनु भएको थियो । जहाँ विद्यार्थीहरुले निकै चाख मानेर अनुभवीका अनुभव सुनीरहनु भएको थियो ।

विद्यार्थीलाई कितावमा के छ त्यो मात्रै सिकाएर पुग्दैन । त्यहाँ लेखीएका कुरा प्रत्यक्ष देखाएर अनुभती पनि गराउन पर्छ । त्यसकारणले गर्दा यस यूनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्ड होटल म्यानेजमेण्टले होटल म्यानेजमेण्ड पढिरहेका विद्यार्थीहरुलाई भविष्यमा गएर उनीहरु के बन्ने हुन त्यहि अनुसारका बिज्ञहरु ल्याएर प्रत्यक्ष साक्षातकार गराउने गरेको बताउनु हुन्छ यही कलेजका तर्फबाट तारा बीर थापा, संयोजक, होटल म्यानेजमेण्ड , यूनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्ड होटल म्यानेजमेण्ट अध्ययन गर्ने अधिकांश विद्यार्थीको लक्ष्य विदेशमा जाने वा विदेशी चेन होटलमा सेवा गर्ने हुन्छ । त्यस अनुसारका होटलमा काम गर्नेहरुले कसरी सेवा प्रावाह गर्ने गरेका छन् र त्यसको भविष्य कस्तो छ भन्ने कुराहरु विद्यार्थीलाई प्रत्यक्ष जानकारी गराउन पनि कलेजले यसखालको कार्यक्रम हरेक वर्ष गर्ने गरेको कलेजका प्रमुख भीम प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्लस टु र ब्याचलर अध्ययन गर्ने विद्यार्थीहरु अव आफ्नो भविष्य कहाँ र कसरी बनाउने भन्ने कुरा स्पष्ट बुझिसकेका हुन्छन् । यही बेलामा उनीहरुको रुची र अध्ययन गरि रहेको क्षेत्रमा भविष्य देखिाइने हो भने उनीहरुकालागी मार्गदर्शनमा थप प्रभावकारी हुने छ । र यो काम यस कलेजले गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।