गत आर्थिक वर्षमा कर बक्यौता असुलीको लक्ष्य पूरा हुन सकेन

काठमाण्डौँ,२ कार्तिक । गत आर्थिक वर्ष २०८१÷८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट रु दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी रहेको देखिएको छ ।

आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार बक्यौता बाँकी रहेका करदाताबाट रु ९४ अर्ब ९५ करोड र प्रशासकीय पुनरावलोकनमा रहेका दुई हजार ९५ करदाताबाट रु एक खर्ब ८० अर्ब १० करोड बराबर असुली हुन बाँकी रहेको तथ्याङकमा देखिएको छ ।

असुली हुन बाँकी कर बक्यौताको अवस्था हेर्दा आयकरतर्फ सबैभन्दा बढी एक लाख ९३ हजार ६२० करदाताबाट रु दुई खर्ब १९ अर्ब ११ करोड उठ्न बाँकी रहेको छन् । मूल्य अभिवृद्धि करतर्फ एक लाख ३७ हजार २५३ करदाताबाट रु ४८ अर्ब ७० करोड, अन्तः शुल्कतर्फ ३६४ करदाताबाट रु चार अर्ब नौ करोड र अन्यतर्फ एक हजार ७७० करदाताबाट रु तीन अर्ब १५ करोड बराबर कर असुली हुन बाँकी रहेको छ ।

गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागले कर बक्यौता असुलीका लागि राखेको वार्षिक लक्ष्यको प्रगति पनि न्यून देखिएको हो । “बक्यौता सङ्कलनतर्फ आर्थिक वर्ष २०८१÷८२ मा आयकरतर्फ रु २२ अर्ब ७६ करोड लक्ष्य रहेकोमा रु आठ अर्ब ७१ करोड असुल भई लक्ष्यको तुलनामा ३८ दशमलव २९ प्रतिशत प्रगति हासिल भएको छ”, वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी मूल्यअभिवृद्धि करतर्फ रु १६ अर्ब ३३ करोड बक्यौता उठाउने लक्ष्य रहेकामा ६३ दशमलव २८ प्रतिशत अर्थात् रू १० अर्ब ३३ करोड असुल भएको पाइएको छ ।

गत आर्थिक वर्षमा बक्यौता समायोजनमा आयकरतर्फ रु २७ अर्ब ३८ करोड लक्ष्य रहेकोमा रु २१ अर्ब ३९ करोड प्रगति भई लक्ष्यको तुलनामा ७८ दशमलव एक प्रतिशत प्रगति भएको हो भने मूल्य अभिवृद्धिकरतर्फ रु १८ अर्ब १७ करोड लक्ष्य रहेकामा रु २२ अर्ब २९ करोड अर्थात् वार्षिक लक्ष्यको तुलनामा १२२ दशमलव ६३ प्रतिशत प्रगति भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।