६ वर्षदेखि सुस्त गतिमा चलिरहेको रंगेली–गान्धी आश्रम–पथरी सडक निर्माणले लियो हाल तीव्र गति


रंगेली,२ मंसिर ।
मोरङको रंगेलीदेखि गान्धी आश्रम हुँदै पथरी जोड्ने महत्त्वपूर्ण सडकको निर्माण कार्यले हाल तीव्र गति लिएको छ । ढिलासुस्तीका कारण विगत ६ वर्षदेखि सुस्त गतिमा चलिरहेको यो सडकको कामले अहिले गति लिएपछि स्थानीयवासीले धुलो र हिलोबाट भोग्दै आएको समस्या केही हदसम्म समाधान हुने अपेक्षा छ।

सडक निर्माण कार्य २०७६ कार्तिकमा सुरु भए पनि नेपाल सरकारको ढिलासुस्ती र ठेकेदारको लापरबाहीका कारण लामो समयसम्म काम अगाडि बढ्न सकेकेन। सरकारले काम नगर्ने ठेकेदारहरूलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि ठेकेदार कम्पनीले पुनः आफ्नो कामलाई धमाधम अगाडि बढाएको छ ।

सडक निर्माणका लागि नेपाल सरकारसँग १ अर्ब ३९ करोड ५८ लाख ५१ हजार ५ सय ८७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। अहिलेसम्म काम गरेबापत उक्त कम्पनीले ४४ करोड ९८ लाख ६७ हजार ३ सय ९८ रुपैयाँ भुक्तानी लिएको कान्छाराम कन्स्ट्रक्सनका क्यान्टक म्यानेजर विनेश कुमार यादवले बताउनु भयो ।

ठेक्का पाएको कान्छाराम कन्स्ट्रक्सनले २५ किलोमिटर सडकमा कालोपत्रे गर्ने जिम्मेवारी लिएको छ। कम्पनीले हालसम्म नालाको काम सम्पन्न गरे पनि अन्य काम बाँकी रहेको बताएको छ ।

हुलाकी सडक निर्देशनालयले अहिले पनि कामको मूल्यांकन गरेर रकम निकासा गर्न ढिलाइ गरेको हुनाले आफूहरूलाई काम गर्न समस्या परेको यादवले जानकारी दिनु भयो । मंसिर १० गतेदेखि रंगेली क्षेत्रबाट समेत काम सुरु गर्ने र २०८३ असारसम्ममा २५ किलोमिटर सडकको कालोपत्रे सक्ने लक्ष्य रहेको उहाँले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।