झापामा दुई फरार प्रतिवादी पक्राउ

झापा, ३ मंसिर। झापामा दुईजना फरार महिला प्रतिवादी पक्राउ परेको प्रहरीले जनाएको छ।

हिजो मङगलबार दिउँसो ३ बजे सार्वजनिक अपराध मुद्धामा ६महिना कैद र ४ हजार ७२५ रुपैयाँ जरिवाना तोकिएर फरार रहेकी अर्जुनधारा ८बस्ने वर्ष४० की मिरा भन्ने निरा राईलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। उनलाई जिल्ला अदालत झापाको २०७२ मंसिर २८गतेको फैसला अनुसार सो सजाय तोकिएको थियो । जिल्ला अदालत झापामा दाखिला गराई लागत कट्टा र जरिवाना तिरेर उनी रिहा भएको प्रहरीले जनाएको छ।

इसैगरी बैंकिङ कसुर सम्बन्धी मुद्धामा दोषी ठहर भई फरार रहेकी शिवसताक्षी ८ बस्ने कमला थापा श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको गत कात्तिक २७ गतेको पत्रअनुसार बैंकिङ कसुर सम्बन्धी चालु मुद्धामा उनलाई पक्राउ गरिएको बताइएको छ ।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नातीको नाममा अक्षय कोष स्थापना

दमक । १९ बैशाख । दमक ६ निवासी ऐश्वर्य तिम्सिनाले आफ्‌नो नातीको नाममा अक्षय कोष स्थापना गर्नु भएको छ ।   दमक ९ मा रहेको

मेची भन्सारले संकलन गर्यो १३ अर्ब १४ करोड राजस्व

झापा,१९ वैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने