मोरङकी अंशु गौतम हत्यामा संलग्नहरू अझै पक्राउ परेनन्

मोरङ,३ मंसिर । मोरङको लेटाङ नगरपालिका– २, बुधबारेकी १३ वर्षीया बालिका अंशु गौतमको शव भेटिएको एक महिना भइसको । २१ असोजमा घरबाट हराएकी अंशुको शव ७ कात्तिकमा घरबाट करिब पाँच किलोमिटर टाढा चिसाङ साझेदारी वनमा भेटिएको थियो । शरीरका विभिन्न भाग छरपस्ट शव नचिनिने अवस्थामा थियो । तर, शव भेटिएको एक महिनासम्म पनि प्रहरी अनुसन्धान निष्कर्षमा पुग्न नसकेको प्रतिकृया दिन्छन्।
अनुसन्धानरत प्रहरीले बलात्कारपछि हत्या भएको आशंका गरेको छ । तर, तथ्य फेला नपार्दा अनुसन्धान नै अलमलिएको प्रहरिको भनाइ छ। घटनाको एक महिनासम्म अनुसन्धान निष्कर्षमा नपुगेपछि छोरीको मृत्युको कारण पत्ता नलाग्ने हो कि भन्ने संशय अंशुको परिवारहरु बताँउ छन् । दैनिकजसो घरमा प्रहरी आउने र परिवारका सदस्यलाई सोधपुछ गरिरहेको छ । तर, अनुसन्धानको प्रक्रियाबारे प्रहरीले परिवारलाई केही जानकारी नगराएको अंशुका बुबा नवीन गौतमले बताँउनु भयो।

‘छोरीको शव भेटिएको पनि एक महिना भयो । तर, अहिलेसम्म प्रहरीले केही पत्ता लगाउन सकेको छैन,’ उहाँले भन्नु भयो,‘के भइरहेको छ भनेर सोध्दा अनुसन्धान भइरहेको छ भन्ने जवाफ मात्र आउँछ ।’

प्रहरीले गम्भीर रूपमा अंशुको खोजीमा सहयोग गरेको बुबा नवीनले बताँउनु भयो । प्रहरीसहित नेपाली सेनाको टोलीले पनि जंगलमै पुगेर खोजी गरेको थियो । केही व्यक्तिकोे बयानका आधारमा प्रहरीले आफन्तसहित इलाम पुगेरसमेत खोजी गरेको थियो । तर, प्रहरी र सेनाले फेला पार्न नसकेको शव घाँस काट्न गएका स्थानीयले फेला पारेका थिए । त्यसपछि प्रहरीलाई खबर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार शव सडेगलेर नचिनिने अवस्थामा जंगलमा फेला परेको बताँउनु भयो । शवका विभिन्न भाग टुक्र्याएको अवस्थामा भेटिएको अंशुका बुबाले बताँउनु भयो।

‘हामीले पनि उसले लगाएको चप्पल, लुगा र घडीबाट चिनेका हौँ,’ उहाँले भन्नु भयो , ‘त्यसपछि डिएनए गर्ने भनेर शव लगिएको छ । शव हेरेर त चिन्न सक्ने अवस्थामा नै थिएन ।’

अंशुको शव भेटिएको जंगलमा स्थानीय बिरलै पुग्ने गर्छन् । उनी त्यहाँसम्म आफैँ जान सक्ने अवस्था नरहेको उनका बुबा बताँउनु भयो । ‘हामी यतिका वर्षसम्म घाँस–दाउरा गर्दा अहिलेसम्म त्यहाँ पुग्न सकेका छैनौँ । त्यो त सिकारी र तस्कर मात्र पुग्ने ठाउँ हो,’ उहाँले भन्नु भयो,‘छोरी अहिलेसम्म घाँस–दाउराका लागि जंगल गएकी थिइनन् ।’

घटनास्थल र छोरीको शव हेर्दा बलात्कारपछि हत्या भएको परिवारको आशंका छ ।
शव फेला परेको एक महिनासम्म पनि प्रहरीले अनुसन्धान नसक्दा कतै बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको जस्तै नियति दोहोरिने त होइन भन्ने आशंका भएको उहाँ बताँउनु हुन्छ ।‘एक महिना भयो । केही पनि पत्ता लाग्दैन । यसले त हाम्रो छोरीको घटना पनि कतै निर्मला पन्तको जस्तो हुन्छ कि जस्तो लाग्न थाल्यो । प्रहरीले केही निष्कर्ष निकाल्दैन कि भन्ने डर लागेको छ । हाम्रो छोरीले न्याय पाउनुपर्छ । छोरीको घटनामा निर्मला पन्तको नियति नदोहोरियोस्,’ उहाँले भन्नु भयो,‘अनुसन्धान गर्दै जाँदा प्रहरीले कतै अपराधीलाई संरक्षण गर्छ कि भन्ने संशय पनि छ । यस्ता घटना धेरै सुनेका छौँ । तर, हराएपछि खोजीमा प्रहरीले धेरै चासो दिएको थियो । शव भेटिएपछि भने अनुसन्धान नसक्दा डर लागेको हो । हाम्रो पहुँच छैन । कसैलाई केही भन्न सक्ने अवस्था पनि छैन ।’

सामान्य खेती–किसानी गरेर जीविकोपार्जन गर्दै आएको गौतम परिवार चिसाङ खोलाको बाढीले २०३४ सालमा विस्थापित भएपछि रेडक्रसले उपलब्ध गराएको थोरै जग्गामा सामान्य कच्ची घर बनाएर बस्दै आएको छ । छोरीको हत्यामा संलग्न पक्राउ नपर्दा परिवारमाथि पनि केही होला कि भन्ने त्रास परिवारलाई लागेको छ ।

कात्तिक ७ गते शव भेटिएपछि प्रहरीले परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको हो । अहिलेसम्म पनि शव अस्पतालमै छ । डिएनए परीक्षण पनि गर्नुपर्ने भएकाले केही ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी चुँडालले बताँउनु भयो ।
‘शव सडेगलेको अवस्थामा भएका कारण चिन्न नसकिने अवस्थामा थियो । लगाएका कपडाले चिनेको भए पनि मेडिकलले पुष्टि भएको छैन,’ उहाँले भन्नु भयो,‘तसर्थ, डिएनए परीक्षण गर्नुपर्ने भएको हो । डिएनएका लागि केही समय लाग्ने रहेछ ।’

परिवार भने छोरीकोे शवको प्रतीक्षामा छ । ‘शव नआएकाले हामीले त काजकिरिया पनि गरेको छैन । अब त एक महिना भइसक्यो । अन्तिम संस्कार गर्न पाए हुन्थ्यो जस्तो लागेको छ,’ नवीनले भन्नु भयो,‘प्रहरीलाई सोध्दा अझै १५ दिनजति लाग्छ भनेका छन् ।’

अंशुको पोस्टमार्टम रिपोर्ट भने आइसकेको प्रहरीले बताएको छ । टाउकोमा चोट देखिएकाले केही भुत्ते वस्तुले हिर्काएको हुन सक्ने देखिए पनि शव सडेगलेको भएकाले विस्तृत रूपमा प्रस्ट हुन नसकेको डिएसपी चुँडालले बताँउनु भयो ।

चुँडालका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय लेटाङको ठुलो अनुसन्धान टोली बनाएर अनुसन्धान भइरहेको छ । प्राविधिक पक्षमा भने केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टिमले पनि सहयोग गरिरहेको उहाँले बताँउनु भयो ।‘अनुसन्धान निष्कर्षमा नपुगेकाले अनुसन्धान भइरहेको छ भन्नेबाहेक मसँग अरू जवाफ छैन । हामीले २०–२५ जनाको टिम बनाएर काम गरिरहेका छौँ ।

म आफैँ पनि अनुसन्धानका लागि लेटाङमा खटिएको छु । रातभर लगाएर काम गरिरहेका छौँ । घटनालाई गम्भीर रूपमा लिएका छौँ । शव भेटिएको जंगलमा त १० पटकभन्दा धेरै गइसक्यौँ,’ उहाँले भन्नु भयो,‘शव सडेगलेको अवस्थामा भेटिएकाले सबुत प्रमाण पनि नष्ट भएका छन् । यसले गर्दा हामीलाई निकै मुस्किल परेको छ । तर, हामी छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने गरी काम गरिरहेका छौँ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन