सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यु

बारा,३ मंसिर। नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई रोक्न भन्दै जेन–जीका नाममा गरिएको प्रदर्शन उग्र बनेपछि सिमरा विमानस्थल क्षेत्रमा कफ्र्यु जारी गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय बाराले बुधबार दिउँसो १२ः३० बजेदेखि बेलुका ८ः०० बजेसम्म सिमरा क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको जनाएको छ। जारी आदेशअनुसार जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रभित्र निम्न स्थानहरूमा पाँचजना वा सोभन्दा बढी व्यक्ति भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा–बैठक गर्न वा आवतजावत गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

कर्फ्यु लागेको क्षेत्र

. —गण्डक नहरदेखि पथलैया सडक खण्ड (राजमार्ग) को दायाँ–बायाँ ५०० मिटरसम्मको क्षेत्र ।

— सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्मको क्षेत्र ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा हस्ताक्षरित आदेशमा सिमरा विमानस्थल आसपासमा जेनजी युवाहरूको प्रदर्शन र विभिन्न राजनीतिक दल आवद्ध समूहहरूबीच झडप भएको तथा सरकारी र निजी सम्पत्तिमा क्षति हुन सक्ने जोखिम बढेपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम कफ्र्यू लगाइएको बताइएको छ।

कफ्र्यू अवधिभर अत्यावश्यक सेवाहरू भने सञ्चालन रहनेछन्। एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, पर्यटक सवारी, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकट देखाएर विमानस्थल जाने÷आउने यात्रुहरूलाई सुरक्षाकर्मीले सहजीकरण गर्ने बताएको छ।

स्थानीय प्रशासनले सबै पक्षलाई शान्ति कायम गर्न र कफ्र्यू आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको जनाएको छ। कफ्र्यू उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ। एमालेको कार्यक्रममा सहभागी हुन नेताद्वय पोखरेल र बस्नेत बारा पुग्ने थाहा पाएपछि त्यहाँस्थित एउटा समूहले जेन–जीका नाममा तोडफो र प्रदर्शन गरेको हो ।

जेन–जीका नाममा उत्रिएको यो समूहले एमालेको कार्यक्रम बिथोल्ने गरी विमानस्थलमै प्रदर्शन गरेको छ। विमानस्थलमा खटिएको प्रहरी र जेन–जीका नाममा उत्रिएको उक्त समूहबीच झडपसमेत भएको हो । सिमरा विमानस्थलमा तनाव भएपछि काठमाडौंबाट उड्न लागेको बुद्ध एयरको जहाज नै रोकिएको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन