शतबीजको अर्थ, सताक्षीधाममा देखिएको यो भीड, भक्तजनको यस्तो भक्तिभाव

दमक, ३ मंसिर । पितृको सद्गतिको कामना गर्दै देशभरका शिवालयमा शतबीज छरिएको छ। मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बुधबार बिहानै पितृको सम्झनामा शतबीज छरेका हुन्। यसै सन्दर्भमा झापाको शिवसताक्षी स्थित सताक्षीधामको अवस्था र त्यहाँ पुगेको भक्तजनको भनाई के छ ?

सताक्षीधाम । महत्वपूर्ण शिवालय हो । यहाँ झापा सहित आसपासका भक्तजनहरुको बुधबार बिहानै देखि भीड थियो । कतिपय त रातभर जाग्रम बसेर सद बिज छरेर फर्कने क्रममा पनि देखिनथ्यो।

बुधबार यहाँ आउने भक्तजनहरुको हातमा एउटा सानो झोला हुन्थ्यो । झोलाबाट धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल मिसाइएको सदबिज सबैले छरीरहनु भएको थियो ।

अघिल्लो साँझ (त्रयोदशीको) विधिपूर्वक संकल्प गरी दीप बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट नदिमा बत्ती बगाउने परम्परा छ। यसपछि स्नान गरी शतबीज छर्ने परम्परा छ। राति यहाँ नबसे पनि घरमै विधिपूर्वक बसेर बिहान शतबीज छर्न आउने श्रद्धालु पनि हुन्छन्। मोरङको अमरदहबाट आएको सुवेदी परिवार सताक्षीधाममा भेटियो । पितृको उद्धार हुने, पितृले आज रोपेको अन्नबाट वर्ष दिन सम्म खान पाउने विस्वासले सताक्षी धाममै आएर सदविज छरेको सुवेदी परिवारको प्रतिकृया छ ।

झापाको कन्काई नगरपालिका वार्ड ३ सुरुङ्गाबाट सदविज छर्न सताक्षी धाम आउनु भएका डिल्लीराम सिवाकोटी भन्नु हुन्छ आज सदबिज छर्यो भने पितृले पाउनुहुने छ र उहाँहरुको मोक्षकालगी पनि सदविज छर्न यस ठाउँमा आएको हौ ।

मोरङको मधुमल्लाबाट आउनु भएकी पवित्रा थापा हरेक वर्ष सताक्षी धाममै आएर सदबिज छर्ने गर्नुहुन्छ । आफुले जान्दा देखी सदविज छरेको र यसबाट पितृले अन्न प्राप्ती गर्ने विस्वास उहाँमा छ ।

यद्यपी बालाचतुर्दशी लाई मानव जस्ीवनको मौलिक पर्व मान्दै वैश्विक पर्व बनाएर पृथ्बी, प्रकृति र मानवजीवनका बीच तादात्म्य र अन्योन्याश्रित सम्बन्धको अविच्छिन्न परम्परालाई जीवन्त राख्दै संसारलाई बिजविज्ञानको दर्शन प्रवाह गर्नु समेत रहेको यसका व्याख्या गर्नेहरुले बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।