दमकबाट साईकलमा हतियार लुट्ने फियाक पक्राउ,४ राउन्ड गोली सहित २ थान हतियार बरामद

दमक, ३ मंसिर | जेन–जी आन्दोलनका क्रममा दमक इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाट प्रकरणमा संलग्न भएकामा एकजनालाई प्रहरीले पक्राउ गरी महत्वपूर्ण प्रमाणसहित सार्वजनिक गरेको छ।

गत भदौ २४ गते भएको उक्त घटनामा अपराधिक घटना उपए र हातहतियारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले भिडियो प्रमाणकै आधारमा अभियुक्तको पहिचान गरेको जनाएको छ । घटनाका बेला प्रहरीको हतियार साईकलमा बोकेर हिँडिरहेको दृश्य सार्वजनिक भएपछि प्रहरी सक्रिय भएको थियो।

हिजो दिउँसो १:३० बजे दमक नगरपालिका–६ बाट पाँचथर मिक्लाजुङ–३ का २२ वर्षीय सुशील फियाक (लिम्बु) लाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय दमकमा ल्याइएपछि प्रारम्भिक बयानमा फियाकले तोडफोड र लुटपाटमा संलग्न भएको स्वीकार गर्दै हतियार पाँचथरको आरुबोटे, लामागाउँस्थित एक ओडारमा लुकाएको बताएका थिए।

उनको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्रहरी निरीक्षक नविन राईको कमाण्डमा दमकबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर लुकाइराखिएको हतियार बरामद गरेको छ।

अभियुक्तले दिएको जानकारीका आधारमा
३०३ मार्क–३ राइफल,सिरियल नम्बर ६२०३८ म्याग्जिनसहित, १ थान– , . इन्सास राइफल सिरियल नम्बर ०३११०२७३९ को म्याग्जिन नभएको, बट र ह्याण्ड–ग्रिप जलेको अवस्थामा, १ थान , इन्सासको जंगी राउण्ड १ थान र एसएलआरको जंगी राउण्ड
३ थान रहेका छन ।

प्रहरीले बरामद हतियार र गोलीगठ्ठा प्रमाणसहित कार्यालयतर्फ ल्याउँदै अनुसन्धानलाई थप तीव्र बनाएको जनाएको छ।

दमक प्रहरीमाथि भएको आगजनी, तोडफोड र हतियार लुटपाटमा अन्य व्यक्ति पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएकाले थप अभियुक्तको पहिचान, खोजतलास र पक्राउका लागि प्रहरी व्यापक रूपमा सक्रिय छ।

प्रहरीका अनुसार यहि घटनाले सुरक्षा निकायको संवेदनशील संरचनामाथिको आक्रमण कतिको गम्भीर छ भन्ने देखाएको छ, र यसलाई संगठित अपराधका रूपमा लिएर अनुसन्धान अघि बढाइनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेची भन्सारले संकलन गर्यो १३ अर्ब १४ करोड राजस्व

झापा,१९ वैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ