पथरी शनिश्चरे १० कि विनिता कलाकारितामा लम्किदै

पथरी शनिश्चरे, ४ मंसिर / मोरङको पथरी शनिश्चरेकी १० ऐयाबारीकी २६ वर्षीया विनिता कार्कीले आफूलाई अभिनेत्री तथा मोडेलका रुपमा अघि बढाउँदै हुनुहुन्छ ।

नेपाली चलचित्र उद्योगमा उदाउँदो प्रतिभाका रूपमा आफ्नो स्थान बनाउने प्रयासमा रहनु भएकी विनिता खोटाङमा जन्मिएर बाल्य–कालपछि पथरी शनिश्चरे १० मा बसोबास गर्दै त्यहीँबाट आफ्नो शैक्षिक तथा कलाकारिता यात्रा अघि बढाउनु भयो । श्री केबी मेमोरियल अंग्रेजी बोर्डिङ हाई स्कुल पथरीशनिश्चरे– १० रिगुवाबाट प्रारम्भिक शिक्षा लिनु भएको थियो । उच्च माध्यमिक तह भनें आईजे पायोनियर कलेज, हात्तीवन ललितपुरमा अध्ययन पुरा गरेपछि उच्च अध्ययनका लागि अष्ट्रेलिया पुगी सिड्नीबाट स्नातक सक्नुभयो ।

५.७ फिट उचाइकी विनिता मोडेलिङ र कलाकारिताबाट दर्शकसमक्ष परिचित हुँदै जान थाल्नु भएको छ । आकर्षक व्यक्तित्व, क्यामरासामु आत्मविश्वासी उपस्थिती र स्वभाविक अभिनय क्षमताका साथ उहाँले आफ्नो डेब्यू फिल्म ‘पीआर’ बाट कलाकारितामा सम्भावना खोज्दै हुनुहुन्छ । यसले उहाँको अभिनय करियरलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको छ ।

अनुशासित, लक्ष्यकेन्द्रित र मेहनती स्वभावकी विनिता फुर्सदमा किनमेल, यात्रा र विभिन्न परिकारका खाना पकाउनमा रुचि राख्नुहुन्छ । आधुनिक सोच र परम्परागत मूल्यबीच सन्तुलन राख्ने व्यक्तिका रुपमा आफूलाई उभ्याउँदै आउनु भएको छ ।

चलचित्र र मोडेलिङ दुवै क्षेत्रमा आफूलाई निरन्तर उभ्याएर भविष्यमा सफल कलाकार बन्ने उहाँको लक्ष्य छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।