पथरी शनिश्चरे १० कि विनिता कलाकारितामा लम्किदै

पथरी शनिश्चरे, ४ मंसिर / मोरङको पथरी शनिश्चरेकी १० ऐयाबारीकी २६ वर्षीया विनिता कार्कीले आफूलाई अभिनेत्री तथा मोडेलका रुपमा अघि बढाउँदै हुनुहुन्छ ।

नेपाली चलचित्र उद्योगमा उदाउँदो प्रतिभाका रूपमा आफ्नो स्थान बनाउने प्रयासमा रहनु भएकी विनिता खोटाङमा जन्मिएर बाल्य–कालपछि पथरी शनिश्चरे १० मा बसोबास गर्दै त्यहीँबाट आफ्नो शैक्षिक तथा कलाकारिता यात्रा अघि बढाउनु भयो । श्री केबी मेमोरियल अंग्रेजी बोर्डिङ हाई स्कुल पथरीशनिश्चरे– १० रिगुवाबाट प्रारम्भिक शिक्षा लिनु भएको थियो । उच्च माध्यमिक तह भनें आईजे पायोनियर कलेज, हात्तीवन ललितपुरमा अध्ययन पुरा गरेपछि उच्च अध्ययनका लागि अष्ट्रेलिया पुगी सिड्नीबाट स्नातक सक्नुभयो ।

५.७ फिट उचाइकी विनिता मोडेलिङ र कलाकारिताबाट दर्शकसमक्ष परिचित हुँदै जान थाल्नु भएको छ । आकर्षक व्यक्तित्व, क्यामरासामु आत्मविश्वासी उपस्थिती र स्वभाविक अभिनय क्षमताका साथ उहाँले आफ्नो डेब्यू फिल्म ‘पीआर’ बाट कलाकारितामा सम्भावना खोज्दै हुनुहुन्छ । यसले उहाँको अभिनय करियरलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको छ ।

अनुशासित, लक्ष्यकेन्द्रित र मेहनती स्वभावकी विनिता फुर्सदमा किनमेल, यात्रा र विभिन्न परिकारका खाना पकाउनमा रुचि राख्नुहुन्छ । आधुनिक सोच र परम्परागत मूल्यबीच सन्तुलन राख्ने व्यक्तिका रुपमा आफूलाई उभ्याउँदै आउनु भएको छ ।

चलचित्र र मोडेलिङ दुवै क्षेत्रमा आफूलाई निरन्तर उभ्याएर भविष्यमा सफल कलाकार बन्ने उहाँको लक्ष्य छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनगढी उपमहानगरपालिकाद्वारा बाढी प्रभावितलाई ४१ लाख रुपैयाँ आर्थिक सहयोग

धनगढी ,१५ भदौ ।धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा

रसुवा बाढी प्रभावितका लागि कर्णालीका कांग्रेस–एमाले सांसदले ३ लाख ७५ हजार दिने निर्णय

सुर्खेत,१५ भदौ । रसुवाको बाढी प्रभावित क्षेत्रका लागि कर्णाली प्रदेश सभाका नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले आर्थिक सहयोग गर्ने भएका छन्। दुवै दलको संसदीय

विनाशकारी बाढीको पीडा भारतसम्म , गण्डक नदीमा भेटिन थाले शव

रसुवा,१५ भदौ । पाँच दिनअघि रसुवामा आएको विनाशकारी बाढीको पीडा भारतसम्म पुगेको छ । भीषण बाढीले बगाएर बेपत्ता भएका मानिसमध्ये केही जनाको शव भारततर्फको गण्डक

५१ दिनपछि आंशिक खुल्यो मेची राजमार्गको माईखोला–राजदुवाली खण्ड

इलाम ,१५ भदौ। लामो समयदेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला–राजदुवाली सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय इलामले पहिलो चरणमा साना तथा

 बाढीपीडितलाई सफारी चालकको एक दिनको कमाइ

दमक,१५ भदौ ।विपद्को पीडामा परेकाहरूलाई सहयोग गर्न ठूलो रकम नै चाहिन्छ भन्ने छैन। आफ्नो श्रमबाट कमाएको एक दिनको आम्दानी पनि कसैका लागि ठूलो सहारा बन्न

बाढी प्रभावित क्षेत्रमा उद्धार र शव व्यवस्थापन तीव्र

काठमाडौं,१५ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ ।बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल