दमक,५ मंसिर । दमक विकास र समृद्धिको रेखा कोरिरहेको सहर । यहाँ के छैन? अन्तरास्ट्रिय स्तरको बिजनेस गर्ने भए यहाँ बिजनेस कम्प्लेक्स छ? प्राबिधिक बिषय पढ्ने होभने यहाँ सिटिइभिटिकै आंगिक क्याम्पस छ, रोग लागेर उपचार गर्ने हो भने आम्दा जस्तो अन्तरास्ट्रिय नेटवर्क भएको अस्पताल छ । सडक फराकिला छन । पुल सायद बन्न बाकी छैन । हो सबैको नजरमा दमक भन्ने बित्तिकै यस्तै कुरा आईहाल्छ । के साच्चै दमक बनिसक्यो त? के चाहान्छन दमक बासी ?
धुलो उडिरहेको यो सडक । खाल्डाखुल्डीले जोखिम निम्ताईरहेका यी सडक, अनि भिडभाड र जथाभावी पार्किङले अस्त ब्यस्त बनाईरहेको यो दमक बजार । अनि रोजगार नपाएर भौतारीरहेका बेरोजगार युवा । यहाँ रोजगार वृद्धि गर्न उद्योग छैनन ।जसले गर्दा प्रत्यक्ष रोजगारी सृजना हुन सकेको छैन । त्यसैले दमकमा सिटिरोक्सा चलाएर गुजारा चलाईरहनुभएका कुल बहादुर खड्का भन्नुहुन्छ दमक एउटा रोजगरा पाउने सहर बन्न सकोस ।
रोजगार बढाउन, युवाहरुलाई दक्ष बनाउन भन्दै राज्यका विभिन्न निकाय र तहले कार्यक्रम गर्छन । सेमिनार हुन्छ । तालिम चल्छन । वर्षभरिमा करोडौको बजेट त यी काममा नै सकिन्छ । तर के ती तालिम र कार्यक्रमले परिणाम दिएको छ? यो प्रश्न हो कृष्ण ढकालको । उहाँ भन्नुहुन्छ यसखालका कार्यक्रमलाई प्रभाबकारी बनाउदै जनप्रतिनिधिले कार्यकर्ता केन्द्रित कार्यक्रम बन्द गरेर जनमुखी कार्यक्रम बनाउन उहाको सुझाब छ ।
अहिले दमकको बजार क्षेत्रमा जाने हो भने अधिकांश घरका घरमुली छैनन । उनीहरु आफ्ना सन्तानसगै अमेरिका, क्यानाडा तथा अस्ट्रेलिया पुगेका छन । अलि गाउतिर हेर्ने हो भने युवा जमात छैन । गाउमा बृद्धअबश्थाका नागरिक र बालबालिका मात्र भेटिन्छन । कामको खोजी गर्दै अधिकांश युवा बिदेशी रहेका छन । अनि दमक कसरी बिकास भएको छ भन्दै दमकका डिल्लीराम भट्टराई भन्नुहुन्छ दमककका युवालाई दमकमै रोकौ र दमकको विकासमा लगाउ ।
दमकमा अझ धेरै विकासका काम गर्ने अबसर छन । संघ, प्रदेश र पालिकाका जनप्रतिनिधिले दमकलाई आवश्यक पर्ने योजनाहरु बारे सामुहिक मन्थन गरि त्यो पूरा गर्न समन्वय मात्र गर्ने हो भने दमकले खोजेको र दमक बासीले रोजेको विकासका काम हुन सक्ने सुझाब छ दमकका युवराज कोईरालाको ।
दमकमा यहाँका नेता र कार्यकर्तालाईके चाहिएको छ त्यो योजना ल्याउने हैन, जनता के चाहिरहेका छन उनको आवश्यकता के हो? त्यो बुझेर मात्र बजेट र कार्यक्रम बनाउन अधिकांस दमक बासीको सुझाब छ ।









