बिर्तामोडस्थित कृषिथोक बजारमा भारतीय ट्रक ८ दिनदेखि रोकियो

बिर्तामोड,५ मंसिर । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा टमाटर लिएर आएको भारतीय ट्रक ८ दिनदेखि फर्किन सककोे छैन । व्यापारीबीचको लेनदेनले ट्रकको भन्सार पास खोसिएपछि ट्रक फर्किन नपाएको चालक योगेन्द्र सिंहले जानकारी दिनु भयो ।

अक्टोबर १४ तारिखमा बिर्तामोड आएको ट्रक फर्किन नपाएपछि चालकहरुले फर्किने वातावरण बनाइदिन आग्रह गरिरहेका छन्। कृषिथोक बजारमा आठ दिनदेखि बसिरहेको ट्रक तीन दिनका लागि यहाँ आएको हो। ट्रकले टमाटर लिएर आएको हो, चाकल सिंह भन्नु हुन्छ् – व्यापारीबीचको लेनदेनसँग हाम्रो कुनै सरोकार छैन । हामी भाडामा टमाटर लिएर आएका हौं, हामीलाई किन रोक्नु ? टमाटर निकालेर कागज खोस्ने काम भएको उहाँको भनाई छ । व्यापारीहरुको बीचमा भएको कारोवार बारे आफूहरुलाई थाहा समेत नभएको बताउनु भयो । चालक सिंहले कागज र भाडा दिन अनुरोध गर्नु भएको छ।

फर्किने कागज नै खोसिएपछि अब उप्रान्त नेपालमा सामान बोकेर आउन नसकिने चालकको गुनासो छ । उत्तर प्रदेशको ट्रकले छत्तिसगडबाट बिर्तामोडस्थित खगेन्द्र महतोको टमाटर लिएको आएको बुझिएको छ ।

यस बारे महतोले ट्रक आफ्नो कारण नरोकिएको स्पष्ट र्पानु भएको छ् । उहाँले आफूले मगाएको सामान सोही ट्रान्सपोर्टको अर्को गाडिले भारतमै बेचेपछि आफ्नो लगानी फिर्ता हुनुपर्ने माग राखेका छन् । उहाँले भन्नु भयो,मैले जोसँग सामान मगाउन पैसा पठाए, उसैले ट्रक पठाएपछि पैसा उठाउन समस्या हुने बताएको जानकारी दिनु भयो । ट्रक फर्किएमा मेरो पैसा फिर्ता ल्याउन कठिन हुने हुँदा ट्रक राखिएको हो । महतोका अनुसार काक्राका लागि भारु ३ लाख १८ हजार रुपैयाँ पठाइएको थियो । सबै हिसाव गर्दा २ लाख २७ हजार ९ सय ५९ रुपैयाँ फिर्ता पाउनुपर्छ ।

व्यापारीबीचको लेनदेनले रोकिएको ट्रकका कारण चालकसहित दुई जना कर्मचारीलाई दैनिक खर्च धान्न समस्या भइरहेको छ । उनीहरुले फर्किदा फाइन समेत बुझाउने पर्ने जानकारी दिएका छन् ।महतोले कारोबार गरेको व्यक्तिसँग सम्पर्क गर्दा फोन उठेको छैन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।