बिर्तामोडस्थित कृषिथोक बजारमा भारतीय ट्रक ८ दिनदेखि रोकियो

बिर्तामोड,५ मंसिर । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा टमाटर लिएर आएको भारतीय ट्रक ८ दिनदेखि फर्किन सककोे छैन । व्यापारीबीचको लेनदेनले ट्रकको भन्सार पास खोसिएपछि ट्रक फर्किन नपाएको चालक योगेन्द्र सिंहले जानकारी दिनु भयो ।

अक्टोबर १४ तारिखमा बिर्तामोड आएको ट्रक फर्किन नपाएपछि चालकहरुले फर्किने वातावरण बनाइदिन आग्रह गरिरहेका छन्। कृषिथोक बजारमा आठ दिनदेखि बसिरहेको ट्रक तीन दिनका लागि यहाँ आएको हो। ट्रकले टमाटर लिएर आएको हो, चाकल सिंह भन्नु हुन्छ् – व्यापारीबीचको लेनदेनसँग हाम्रो कुनै सरोकार छैन । हामी भाडामा टमाटर लिएर आएका हौं, हामीलाई किन रोक्नु ? टमाटर निकालेर कागज खोस्ने काम भएको उहाँको भनाई छ । व्यापारीहरुको बीचमा भएको कारोवार बारे आफूहरुलाई थाहा समेत नभएको बताउनु भयो । चालक सिंहले कागज र भाडा दिन अनुरोध गर्नु भएको छ।

फर्किने कागज नै खोसिएपछि अब उप्रान्त नेपालमा सामान बोकेर आउन नसकिने चालकको गुनासो छ । उत्तर प्रदेशको ट्रकले छत्तिसगडबाट बिर्तामोडस्थित खगेन्द्र महतोको टमाटर लिएको आएको बुझिएको छ ।

यस बारे महतोले ट्रक आफ्नो कारण नरोकिएको स्पष्ट र्पानु भएको छ् । उहाँले आफूले मगाएको सामान सोही ट्रान्सपोर्टको अर्को गाडिले भारतमै बेचेपछि आफ्नो लगानी फिर्ता हुनुपर्ने माग राखेका छन् । उहाँले भन्नु भयो,मैले जोसँग सामान मगाउन पैसा पठाए, उसैले ट्रक पठाएपछि पैसा उठाउन समस्या हुने बताएको जानकारी दिनु भयो । ट्रक फर्किएमा मेरो पैसा फिर्ता ल्याउन कठिन हुने हुँदा ट्रक राखिएको हो । महतोका अनुसार काक्राका लागि भारु ३ लाख १८ हजार रुपैयाँ पठाइएको थियो । सबै हिसाव गर्दा २ लाख २७ हजार ९ सय ५९ रुपैयाँ फिर्ता पाउनुपर्छ ।

व्यापारीबीचको लेनदेनले रोकिएको ट्रकका कारण चालकसहित दुई जना कर्मचारीलाई दैनिक खर्च धान्न समस्या भइरहेको छ । उनीहरुले फर्किदा फाइन समेत बुझाउने पर्ने जानकारी दिएका छन् ।महतोले कारोबार गरेको व्यक्तिसँग सम्पर्क गर्दा फोन उठेको छैन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन