‘समाज चिन्न र नेतृत्व गर्न सिकाउने मञ्च नै जेसीज हो’ : थापा

दमक, ७ मंसिर । दमक जेसिसदारा मंसिर १ गतेदेखी सुरु गरिएको जेसिज सप्ताहको मंसिर ५ गते एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । जेसिज सप्ताह चलिरहँदा दमक जेसिसले विभिन्न विद्यालय र स्थानमा विभिन्न सामाजिक कार्यहरु गरेको थियो । जस अन्तर्गत विभिन्न विषयमा सचेतना मूलक कार्यक्रम, तालिम , अभिमुखीकरण कार्यक्रमहरु समावेश रहेका थिए ।

जेसिज सप्ताह कार्यक्रमको समापन दमक ७ मा रहेको उद्योग वाणिज्य संघ दमकमा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै दमकन नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले जेसिसलाई समाज सँग जोड्न जेसिसले गरेको प्रयास सकरात्मक रहेको भन्दै प्रशषां गर्नु भयो । उहाँले भन्नु भयो ‘यूवा नेतृत्व र यूवाहरुहरुलाई सामाजीक काममा प्रेरणा जगाउने काममा जेसीजले महत्वपूर्ण योगदान गरीरहेको छ । जसको चर्चा देश देखी विदेश सम्म पनि हुने गरेको छ । ’

कार्यक्रममा बोल्दै जेसीजकी राष्ट्रिय अध्यक्ष तथा जेसीजकी अन्तराष्ट्रिय उपाध्यक्ष समेत रहनु भएकी रजनी थापा समापन कार्यक्रमको प्रमुख आकर्षक रहनु भएको थियो । उहाँको नेतृत्व र उहाँबाट प्राप्त हुने निर्देशन र अनुभव सुन्न दमकका यूवाहरु आतुर देखिनु भएको थियो । सो अवसरमा उहाँले भन्नुभयो ‘समाजमा भीज्न, आफ्नो व्यापार बुझ्न , नेतृत्व गर्न जेसीजले सिकाएको र आज जेसीजकै कारण कयौ यूवाहरु देशकै प्रमुख नेतृत्वतहमा पुग्नु भएकोले यसलाई निष्पक्ष रुपमा सहि सदुपयोग गर्न गर्नुपर्छ । ’

जेसिस सप्ताह २०२५को जेसिस सप्ताहमा भएका हरेक कार्यक्रमको बारेमा सुनाउँदै यसले दमकमा नयाँ छाप छोड्ने र समाज रुपान्तणमा एउटा महत्वपूर्ण योगदान बन्ने गरीका कामहरु गरिरहेको दमक जेसीजका अध्यक्ष सहदेव भट्टराईले समापन कार्यक्रमका क्रममा जानकारी गराउनु भयो ।

दमक जेसीजले यो वर्षको जेसीज सप्ताहामा पानीको फिल्टर वितरण गर्ने, जेन जी आन्दोलनको असर, प्रभाव र अवको दीशाका बारेमा अन्तकृया, मानसीक रोगको सचेतना, स्वास्थ्य शिविर, शैक्षीक सामाग्री वितरण, छात्रबृद्धि अस्पताल लगायत काम गरेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन