एक महिनादेखि निरन्तर दमकमा सरसफाई गरिरहेछन् हर्क साम्पाङ समर्थकहरू

दमक, ७ मंसिर । दमकमा विगत केही महिनादेखि धरानका नगर प्रमुख हर्क साम्पाङ समर्थक तथा श्रम संस्कृति पार्टीका समर्थकहरू निरन्तर श्रमदान मार्फत सफाईको काम गरिरहेका छन् । खासगरी शनिबारका दिन बिहानको समयमा यो समूह बाहिर निस्कन्छ र कुनै एक ठाउँ सार्बजनिक स्थानमा गएर सरसफाइको काम गर्दै आएको छ ।

सरसफाई गर्ने क्रममा शनिबार दमक ५ स्थित यलम्बर चोक देखि सगरमाथा पेट्रोल पम्पसम्म श्रमदान गरियो । तर सरसफाइ यहाँ कुचो बोकेर बडारे जस्तो मात्र गर्ने भएन । पुर्ण रुपमा सफाई गरेर मात्र यहाबाट निस्कने गरिएको छ । सबैले करिव एउटै पहिरन लगाएर पहिचान पनि झल्काईएको छ । देश बनाउने हो भने हप्तामा एक दिन मात्र भएपनी माटो छोएर श्रम गर्न पर्छ भन्ने सोच राख्न पर्ने यसका अभियान्ताहरु बताउछन । यहि सरसफाइ गर्न सहभागी हुन आउनु भएकी सीता मुर्मु राई भन्नुहुन्छ “ हामीलाई दमक बनाउन मन छ । त्यो भन्दा अघि दमक सफा छ भन्ने बनाउनु छ । यसमा हामी स्थानीयबासीको समर्थन र सहयोगमा अभियान चलाईरहेका छौ ।“

श्रम संस्कृती पार्टी स्वतन्त्र एकल पार्टी भएका कारण यस श्रमदान अभियानमा जो कोही पनि आएर श्रमदान गर्न सक्ने भएकाले आफ्नो समुदायको सरसफाईमा भने सबै स्थानीयहरु पनि जोडिनुपर्ने कुरा राख्नुहुन्छ अर्की श्रमदाता बालकृष्ण गुरुङ ।

श्रम गरेर देश बनाऊ भन्ने उद्धेश्य बोकेको यो पार्टीले श्रमदान गरी देश विकास गर्न बिना कुनै बजेट नै मद्धत्त पुर्यारहेको बताउनुहुन्छ श्रम संस्कृती दमक नगरकी अध्यक्ष पूजा लक्ष्मी गुरुङ ।

बिना कुनै बजेट पनि देश विकास गर्न सकिन्छ भन्ने कूराको उदाहरण यो अभियान बनेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।