कोशी प्रदेशमा मतदाता नामावलीका लागि कति जनाले निवेदन दिए?

झापा,८ मंसिर। कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले मतदाता नामावलीका लागि निवेदन दिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरिएको हो। मङ्सिर ५ गतेसम्मको अवधिमा कोशी प्रदेशका जिल्ला, प्रदेश निर्वाचन कार्यालयबाट र राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत मतदाता नामावली दर्ताका लागि निवेदन दिइएको स्रोतले जनाएको छ ।

निर्वाचन कार्यालयमा पुगेर ५८ हजार ९२५ जनाले तथा अनलाइनमार्फत ९८ हजार ६८८ जनाले नामावली दर्ताका लागि निवेदन दिएका छन्। मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालयमार्फत र अनलाइन दुवै गरी ताप्लेजुङबाट तीन हजार, पाँचथरबाट चार हजार ३८९, इलामबाट ६ हजार ६४, सङ्खुवासभाबाट दुई हजार ८०८, तेह्रथुमबाट तीन हजार ६७७, धनकुटाबाट तीन हजार २७२, भोजपुरबाट दुई हजार ९०९, खोटाङबाट चार हजार १६२, सोलुबाट ५८०, ओखलढुङ्गाबाट पाँच हजार ९३२, उदयपुरबाट आठ हजार ७१७, झापाबाट ३५ हजार ३१९, सुनसरीबाट ३२ हजार ३८२ र प्रदेश निर्वाचन कार्यालय विराटनगरबाट ४४ हजार ४०२ जनाले निवेदन दिएको स्रोतले जनाएको छ ।

निर्वाचन आयोगले आफू बसेको स्थानको निर्वाचन कार्यालयबाट वा कुनै आफ्नो अनुकूल पर्ने निर्वाचन कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीका अनुसार सोह्र वर्ष पूरा भई नागरिकता प्राप्त गरेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गरे पनि फागुन २० गतेसम्म १८ वर्ष पूरा भएकाहरु मात्रै फागुन २१ गतेको निर्वाचनको मतदाता हुन पाउने भएका छन् । अहिले मतदाताको नामावली अद्यावधिक गर्ने काम भइरहेको उहाँले जानकारी दिनु भयो ।

सूचना अधिकारी अधिकारीका अनुसार निवेदन दिनेहरु दोहोरिएको हुनसक्ने, पायक पर्ने स्थानबाट नामावली दर्ताका लागि निवेदन दिए पनि अन्यत्र जिल्लाको पनि मतदाता हुने, त्रुटि भएकाको सच्याइने र ठाउँ सारी भएका सबैको अद्यावधिक गरी यही मङ्सिर २० गते निर्वाचन आयोगमा अन्तिम नामावली पठाइने तयारी छ । गत असोज १० गतेअघिसम्म कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९०० मतदाता रहेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।