लैङ्गिक हिंसाविरूद्धकाे दिवस : यी एजेन्डा उठाउन छलफल

दमक, ८ मंसिर । हरेक वर्ष जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान मनाउने भइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले साझा प्रतिबद्धता र ऐक्यबद्धता जनाउँदै सबै निकायलाई अभियान सञ्चालन गर्न भन्दै परिपत्र भएपछि दमक नगरपापलिकाले पनि यसको तयारी गरेको हो । केके छ त तयारी ?

दमक नगरपालिकाको ब्लक ए को भवन । यसको पहिलो तलामा रहेको बैठक कक्ष । बैठक कक्षमा सोमबार दिउँसो दमकका बिभिन्न क्षेत्रमा काम गरिरहेका महिला नेतृहरुको सहभागीता थियो । सबैमा एक प्रकारका जोश र जागर थियो । सरकारले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलाउन भनेर गरेको परिपत्रलाई कार्यान्वायन गर्न सबैजना प्रतिवद्ध देखिन्थे । १६ दिन भीत्र कुनै न कुनै कार्यक्रम गरेर यो अभियनलाई सम्पन्न गर्न सबैले प्रतिवद्धता पनि जनाएका थीए । अभियानअन्तर्गत यस वर्षको अन्तरराष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भनेर तय गरिएको छ । अभियानको मुख्य उद्देश्य लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने र प्रविधिको सही प्रयोगमार्फत हिंसा रोक्ने रहेको छ । यही क्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डि एस पि किशोर लम्सालले अहिले सबैभन्दा बढि समस्या र मुद्धा समेत डिजीटल प्रविधीको दुरुपयोग र यसले पारेको असरमा केन्द्रित रहेर आउने गरेकोले यसका विरुद्धमा हुने जस्ता सुकै कार्यक्रममा आफुहरुले सहयोग गर्ने र न्यूनिककरण अभियानमा जोडीने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रविधि विकाससँगै हिंसाका नयाँ रूप भित्रिँदै गएको छ । जसले गर्दा स्थानीय सरकारले पनि यसका विरुद्धमा कार्यक्रमहरु गर्न आवश्यक रहेको छ । यही सन्दर्भमा यो वर्षको अभियान सञ्चालन हुने र सो अनुसारका कार्यक्रम सम्पन्न गर्न दमक नगरपालिकाको सामाजीक विकास समिती प्रमुख शारदा भट्टराई सापकोटाले अनुरोध गर्नु भएको छ ।

दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको सकृयतामा यो भेला भएको थियो । यसले दमकमा प्रविधिको दुरुपयोगले पारेको असर र त्यसको प्रयोगबाट भएको परिवर्तनका बारेमा थाह पाउने अवसर पाउने उहाँले बताउनु भयो । साथै अभियानलाई सफल बनाउन दमक नगरपालिकाले यहाँ रहेका सबै संघ सस्थाहरुलाई आवश्यक सहयोग र अभिभावकत्व ग्रहण गरी समन्वायत्मक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

लैङ्गिक हिंसा केवल सामाजिक होइन, डिजिटल दुनियाँसम्म फैलिसकेको खतरा हो। ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने अन्तर्राष्ट्रिय प्रतिवद्धता र ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारा तब मात्रै अर्थपूर्ण हुन्छ जब स्थानीय तहले जिम्मेवारीसहित काम गर्छ। दमक सुरक्षित बन्ला कि नबन्ला, त्यो नेतृत्व, नीति र कार्यान्वयनमा निर्भर छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।