कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा निर्माणाधीन पुलहरूको काम सुस्त गतिमा हुँदै

छुट्टाछुट्टै सम्झौता भएका दुई दर्जन पुलमध्ये अधिकांशको प्रगति निराशाजनक देखिदै

झापा,११ मङ्सिर । कोशी प्रदेशका पहाडी तथा तराईका जिल्लाहरू जोड्ने महत्त्वपूर्ण सडक सञ्जालअन्तर्गत निर्माणाधीन पुलहरूको काम अत्यन्तै सुस्त गतिमा भइरहेको जानकारी पाइएको छ । संघीय सरकारको सडक विभागअन्तर्गत पुल सेक्टर (धरान) ले हेर्नेगरी ४ अर्ब ६२ करोड ५३ लाख बढी रकममा छुट्टाछुट्टै सम्झौता भएका दुई दर्जन पुलमध्ये अधिकांशको प्रगति निराशाजनक देखिएको छ ।
ती पुलहरूमा हालसम्म एक अर्ब ५८ करोड ९९ लाख ३० हजार रुपैयाँ भुक्तानी भइसकेको छ तर यो कुल सम्झौताको करिब ३४.३७ प्रतिशत हो, त्यसमध्ये रणनीतिक पुलको रुपमा रहेका ९ वटा पुलको प्रगति झनै निराशाजनक छन् ।
हालसम्म उक्त पुलहरूको ७६ करोड ९८ लाखमा ठेक्का सम्झौता भए पनि वित्तीय प्रगति भने १५ करोड २७ लाख मात्रै भएको छ । त्यसको तुलनामा १३ वटा रहेका स्थानीय पुलका लागि कुल ३ अर्ब ८५ करोड ५५ लाख २० हजारमा ठेक्का लागेको छ भने हालसम्म एक अर्ब ४३ करोड ७१ लाख रुपैयाँ भुक्तानी भएका छन् ।

उता, कार्यालयको तथ्यांकअनुसार निर्माणाधीन २२ वटा पुलमध्ये केवल ३ वटाको प्रगति सन्तोषजनक छ भने बाँकी आयोजनाहरू वर्षौँदेखि निर्माणाधीन अवस्थामा अल्झि रहेका छन् । पुल सेक्टर धरानका सूचना अधिकारी नवीन कुमार साहले उपलब्ध गराएको विवरण अनुसार कोशी प्रदेशका विभिन्न जिल्लामा निर्माणाधीन पुलहरूमध्ये आधाभन्दा बढीको भौतिक प्रगति ५० प्रतिशत कट्न सकेको छैन ।

विशेषगरी एलआरएन र एसआरएन अन्तर्गतका पुलहरूको अवस्था दयनीय छ । इलामको देउमाई खोलामा निर्माणाधीन पुलको भौतिक प्रगति जम्मा ९ प्रतिशत मात्र भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा सम्झौता भएको उक्त पुलको ठेक्का नागार्जुन÷प्रधान जेभी काठमाडौँले लिएको थियो ।

त्यस्तै, उदयपुर र खोटाङ जोड्ने बन्सिलाघाट पुलको अवस्था पनि उस्तै छ । आर्थिक वर्ष २०७६÷७७ मा ठेक्का लागेको यो पुलको भौतिक प्रगति हालसम्म ९ प्रतिशत र वित्तीय प्रगति ११ प्रतिशत मात्र देखिएको छ । कालिका÷बेदान्सी जेभीले जिम्मा लिएको यो आयोजना अलपत्र अवस्थामा रहेको छ ।

कोशी प्रदेशको गौरवको आयोजना मानिने तमोर कोरिडोर अन्तर्गतका पुलहरूको निर्माण गति पनि सुस्त रहेको छ । धनकुटा र पाँचथर खण्डमा पर्ने नावा खोला, हेवा खोला, लोरिपा खोला र लाखुवा खोलाका पुलहरूको प्याकेजमा ठेक्का लागेको भए पनि औसत प्रगति निकै कम छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य