प्रतिनिधिसभा चुनावका लागि १६८ वटा मतदानस्थल थप

काठमाडौं,१५ मंसीर। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएकोे प्रतिनिधिसभा चुनावका लागि १ सय ६८ वटा मतदान स्थल थप गरेको स्रोतले जनाएको छ । आयोगको हिजो बसेको बैठकले १ सय ६८ वटा मतदानस्थल थप गर्ने निर्णय गरेको छ । बैठकले मतदातालाई अपायक परेका, जीर्ण रहेका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेज गरेको जनाएको छ ।

मतदान स्थल थपघट गरिएसँगै अब देशभर १० हजार ९६७ मतदान स्थल कायम भएको छ भने यसअघि देशभर १० हजार ८९२ मा ७५ वटा मतदानस्थल रहेको थियो ।

आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा मौज्दातमा रहेको मतपेटिका पनि प्रयोग गर्ने भएको जनाएको छ । आयोगले अघिल्लो पटकको चुनावमा खरिद गरेर मौज्दात रहेका ९० हजार मतपेटिका प्रयोग गर्ने र नपुग हुने ४५ हजार मतपेटिका खरिद गर्ने निर्णय गरेको छ ।

आयोगले मतपत्र छपाइका लागि अघिल्लो पटक खरिद गरेर मौज्दात रहेको कागज पनि प्रयोग गर्ने भएको छ । आयोगलाई मतपत्र छपाइका लागि ३ सय मेट्रिक टन कागज आवश्यक हुन्छ तर आयोगसँग ५ सय ६६ मेट्रिक टन कागज मौज्दात रहेको स्रोतले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत