लैङ्गिक हिंसा राेक्न भाेजपुरमा सचेतना अभियान सुरु


भोजपुर,१६ मंसिर ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी सचेतना फैलाउने अभियान सु? गरेको जनाएको छ । गाउँपालिका भित्रका छ वटा माध्यमिक विद्यालयलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको बताइएको छ।

‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ अभियान सु? गरिएको पौवादुङमा गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिनु भयो। लैङ्गिक हिंसावि?द्ध १६ दिने अभियान मार्फत गाउँपालिकामा सचेतनाका कार्यक्रम सु? भएको उहाँले बताँउनु भयो।

विद्यालय स्तरमा सचेतना अभिवृद्धि गराउने उद्देश्यले यहाँका सबै माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताँउनु भयो।
अभियानमार्फत विद्यार्थीलाई लैङ्गिक हिंसाका रूप र प्रभाव, विद्यालय तथा समुदायमा देखिने सुक्ष्म हिंसाका अवस्था, अनलाइन ठगी, ‘फेकआइडी’ र ‘ब्ल्याकमेलिङ’लगायत विद्युतीय अपराधका जोखिम, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र कानुनी व्यवस्था लगायत विषयमा जानकारी दिने काम भइरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले बताँउनु भयो।

स्थानीय सबै विद्यालयमा चरणबद्ध रूपमा अभियान सञ्चालन भइरहेकाले विद्यार्थीस्तरमै सचेतनाको दायरा बढ्ने र भविष्यमा हुने सम्भावित हिंसात्मक घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीका माध्यमबाट सबै परिवारसम्म विभिन्न किसिमका हिंसासम्बन्धी सचेतना पुगोस् भन्ने लक्ष्यले अभियानका रूपमा कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताँउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।