खोलाको तस्करी रोक्न झापामा भयो यस्तो निर्णय , जिसस प्रमुख “पावर”मा उत्रदै

कडा निगरानी गर्ने, दर्ता नभएका क्रसहरुलाई पहिलोपटक चेतावनी दिने र अर्को पटक बन्द गराउने, राजमार्ग , वन, वस्ती र पुलबाट ५ सय मिटर वरपर नदि उत्खनन गर्न नपाईने

दमक, १६ मंसिर | झापामा पछिल्लो नदि दोहन तथा तस्करी बढेको भनेर जनप्रतिनिधिहरुबाटै व्यापक गुनासो सार्वजनिक भएको थियो ।

केही समय अघि दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी कार्यालयका प्रमुख , अनुसन्धान कार्यालयका प्रमुख सहितको उपस्तिथिमा अनियन्त्रित रुपमा नदिमा चोरी पैठारी बढेको गुनासो राख्नु भएको थियो ।

पालिका स्तरबाट पटक पटक पहल र प्रयास गर्दा समेत यो कामको नियन्त्रण हुन नसकेको भन्दै सार्बजनिक रुपमै बताएपछि जिल्लाको संयन्त्र यसमा सकृय भएको छ ।

यहि क्रममा मंगलबार जिल्ला समन्वय समिति झापाको कार्यालयमा समितिका प्रमुख विस्वनाथ बरालको अध्यक्षता बैठक बसि महत्त्वपूर्ण निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल , जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू, खोला प्रभावित क्षेत्रका ६ वटा पालिका प्रमुख तथा उप-प्रमुख र प्रमुख प्रषासकिय अधिकृतहरुको संयुक्त छलफलबाट निर्णय गरिएको हो ।

जिल्ला समन्वय समिती प्रमुख विस्वनाथ बरालले दिनुभएको जानकारी अनुसार चोरी निकासी रोक्न प्रहरी , प्रषासनको समन्वयमा कडा निगरानी गर्ने, दर्ता नभएका क्रसहरुलाई पहिलोपटक चेतावनी दिने र अर्को पटक बन्द गराउने, राजमार्ग , वन, वस्ती र पुलबाट ५ सय मिटर वरपर नदि उत्खनन गर्न नपाईने जस्ता महत्त्वपूर्ण निर्णय भएका छन ।

यस्तै घाडगद्दीको माल सामान सम्बन्धित निकायबाट स्टक प्रमाणीत गरि त्यहाक्क ठाउँ खाली गराउने समेत निर्णय गरिएको छ ।

छलफलमा झापका दमक , शिवसताशी , कन्काई, अर्जुनधारा, मेचिनगर नगरपालिका र बुद्द्द्शान्ती गाउपालिकाका जनप्रतिनिधि र प्रमुख प्रषासकिय अधिकृतहरु समेतको सहभागिता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।