लेटाङमा ‘कोशी आविष्कार मेला १.०’ सम्पन्न ,विज्ञान र प्रविधिमा नयाँ ऊर्जा

दमक,१७ मंसिर । मोरङको लेटाङ–२ स्थित मोरङ पाथिभरा इङ्लिस स्कुलमा दुई दिन चलेको ‘कोशी आविष्कार मेला १.०’ ले विद्यालय मात्र होइन, स्थानीय समुदायलाई पनि विज्ञान र प्रविधिको नयाँ ऊर्जा जुरुक्क उठाइदियो। सोमबार र मंगलबार सम्पन्न भएको प्रदर्शनीमा विद्यार्थीहरुले कक्षाकोठामा पढेका सिद्धान्तलाई वास्तविक जीवनका समस्यासँग जोडेर प्रस्तुत गरेका नविनतम ‘मोडेल’ ले आकर्षण मात्रै बाँडेन, उनीहरूको क्षमताको नयाँ सम्भावनाको ढोका पनि खोलिदियो।

मेलामा विद्यार्थीहरुले दैनिक जीवनसँग जोडिएका विषयहरूमा आधारित मोडेल प्रदर्शन गरे। वाटर प्युरिफिकेसनदेखि हाइड्रोलिक ब्रिज, स्मार्ट सीटदेखि हाइड्रोलिक पार्किङसम्म, छोराछोरीले आफ्नै हातले बनाएका उपकरण हेर्दा कोही पनि प्रभावित नहुने ठाउँ थिएन। यिनै प्रयासले प्राविधिक सोच, समस्या समाधान क्षमता र जिज्ञासालाई एकै ठाउँमा समेटिदियो।

कार्यक्रमको मुख्य आकर्षण भनेको रोबोटिक्स प्रतियोगिता थियो। विद्यालयका चार समूहले छिटोछरितो तरिकाले नयाँ प्रविधि बनाउने ह्याकाथनमा भाग लिए। प्रस्तुत प्रविधिहरू शिक्षण प्रक्रिया मात्रै होइन, जीवनका सामान्य समस्यासमेत समाधान गर्न सक्षम देखिन्थे।
होम अटोमेसन, आटोमेटिक इरिगेसन ,ग्यास लिकेज डिटेक्सन, वेयर मोनिटरिङ सिस्टम, यी मध्ये ग्यास चुहावट हुँदा तुरुन्त सूचना दिने ग्यास लिकेज डिटेक्सन प्रविधिले निर्णायकहरूको मन जित्यो। यही समूह अब राष्ट्रिय प्रतियोगितामा विद्यालयको प्रतिनिधित्व गर्नेछ।
छात्रछात्राले बनाएका रोबोट फुटबल खेलमा भिड्दा मेलास्थल उल्लासपूर्ण बन्यो। कुल ६ समूह सहभागी भएको रोवो सकर लिग मा टिगर कम्बो प्रथम,एमपीइएस गल्र्स द्वितीय बनेका थिए । दुवै टोली काठमाडौँमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए।
उत्थान ल्याब रोबोटिक्सका सिइओ विनम श्रेष्ठका अनुसार नेपालका विभिन्न विद्यालयमा भइरहेका यस्ता रोबोटिक्स प्रतियोगिताले प्रतिभाशाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा इन्डोनेसिया सम्म पु¥याउने अवसर दिनेछन्।

प्रिन्सिपल खगेन्द्रराज भण्डारीका अनुसार प्रदर्शनीको मुख्य लक्ष्य विद्यार्थीले पढेको विज्ञानलाई वास्तविक समस्यासँग जोडेर समाधान खोज्ने क्षमतालाई विकास गर्नु थियो। “यो कार्यक्रमले विद्यार्थीको सीप, जिज्ञासा र नवप्रवर्तन क्षमतालाई अझ मजबुत बनाएको छ” ।
विद्यालय आगामी वर्षहरूमा अझ प्रविधिमुखी सिकाइ र नवप्रवर्तन कार्यक्रमलाई निरन्तरता दिने योजनामा रहेको बताईएको छ ।
‘कोशी आविष्कार मेला १.०’ ले लेटाङका विद्यार्थीले भविष्यमा विज्ञान र प्रविधिको क्षेत्रमा कति टाढासम्म उडान भरिदिन सक्छन् भन्ने स्पष्ट संकेत दिएको छ। रोबोटिक्सदेखि वातावरणमैत्री उपकरणसम्म, उनीहरूको सिर्जनामा भविष्यका आविष्कारहरुको छाया देखिन्थ्यो।
यो मेला समाप्त भए पनि विद्यार्थीहरूको प्रयोग, कल्पना र नवप्रवर्तनको यात्रा अब अझ तीव्र गतिमा अघि बढ्ने निश्चित देखिन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य