लेटाङमा ‘कोशी आविष्कार मेला १.०’ सम्पन्न ,विज्ञान र प्रविधिमा नयाँ ऊर्जा

दमक,१७ मंसिर । मोरङको लेटाङ–२ स्थित मोरङ पाथिभरा इङ्लिस स्कुलमा दुई दिन चलेको ‘कोशी आविष्कार मेला १.०’ ले विद्यालय मात्र होइन, स्थानीय समुदायलाई पनि विज्ञान र प्रविधिको नयाँ ऊर्जा जुरुक्क उठाइदियो। सोमबार र मंगलबार सम्पन्न भएको प्रदर्शनीमा विद्यार्थीहरुले कक्षाकोठामा पढेका सिद्धान्तलाई वास्तविक जीवनका समस्यासँग जोडेर प्रस्तुत गरेका नविनतम ‘मोडेल’ ले आकर्षण मात्रै बाँडेन, उनीहरूको क्षमताको नयाँ सम्भावनाको ढोका पनि खोलिदियो।

मेलामा विद्यार्थीहरुले दैनिक जीवनसँग जोडिएका विषयहरूमा आधारित मोडेल प्रदर्शन गरे। वाटर प्युरिफिकेसनदेखि हाइड्रोलिक ब्रिज, स्मार्ट सीटदेखि हाइड्रोलिक पार्किङसम्म, छोराछोरीले आफ्नै हातले बनाएका उपकरण हेर्दा कोही पनि प्रभावित नहुने ठाउँ थिएन। यिनै प्रयासले प्राविधिक सोच, समस्या समाधान क्षमता र जिज्ञासालाई एकै ठाउँमा समेटिदियो।

कार्यक्रमको मुख्य आकर्षण भनेको रोबोटिक्स प्रतियोगिता थियो। विद्यालयका चार समूहले छिटोछरितो तरिकाले नयाँ प्रविधि बनाउने ह्याकाथनमा भाग लिए। प्रस्तुत प्रविधिहरू शिक्षण प्रक्रिया मात्रै होइन, जीवनका सामान्य समस्यासमेत समाधान गर्न सक्षम देखिन्थे।
होम अटोमेसन, आटोमेटिक इरिगेसन ,ग्यास लिकेज डिटेक्सन, वेयर मोनिटरिङ सिस्टम, यी मध्ये ग्यास चुहावट हुँदा तुरुन्त सूचना दिने ग्यास लिकेज डिटेक्सन प्रविधिले निर्णायकहरूको मन जित्यो। यही समूह अब राष्ट्रिय प्रतियोगितामा विद्यालयको प्रतिनिधित्व गर्नेछ।
छात्रछात्राले बनाएका रोबोट फुटबल खेलमा भिड्दा मेलास्थल उल्लासपूर्ण बन्यो। कुल ६ समूह सहभागी भएको रोवो सकर लिग मा टिगर कम्बो प्रथम,एमपीइएस गल्र्स द्वितीय बनेका थिए । दुवै टोली काठमाडौँमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए।
उत्थान ल्याब रोबोटिक्सका सिइओ विनम श्रेष्ठका अनुसार नेपालका विभिन्न विद्यालयमा भइरहेका यस्ता रोबोटिक्स प्रतियोगिताले प्रतिभाशाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा इन्डोनेसिया सम्म पु¥याउने अवसर दिनेछन्।

प्रिन्सिपल खगेन्द्रराज भण्डारीका अनुसार प्रदर्शनीको मुख्य लक्ष्य विद्यार्थीले पढेको विज्ञानलाई वास्तविक समस्यासँग जोडेर समाधान खोज्ने क्षमतालाई विकास गर्नु थियो। “यो कार्यक्रमले विद्यार्थीको सीप, जिज्ञासा र नवप्रवर्तन क्षमतालाई अझ मजबुत बनाएको छ” ।
विद्यालय आगामी वर्षहरूमा अझ प्रविधिमुखी सिकाइ र नवप्रवर्तन कार्यक्रमलाई निरन्तरता दिने योजनामा रहेको बताईएको छ ।
‘कोशी आविष्कार मेला १.०’ ले लेटाङका विद्यार्थीले भविष्यमा विज्ञान र प्रविधिको क्षेत्रमा कति टाढासम्म उडान भरिदिन सक्छन् भन्ने स्पष्ट संकेत दिएको छ। रोबोटिक्सदेखि वातावरणमैत्री उपकरणसम्म, उनीहरूको सिर्जनामा भविष्यका आविष्कारहरुको छाया देखिन्थ्यो।
यो मेला समाप्त भए पनि विद्यार्थीहरूको प्रयोग, कल्पना र नवप्रवर्तनको यात्रा अब अझ तीव्र गतिमा अघि बढ्ने निश्चित देखिन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन