झापामा सञ्चालित इँटा उद्योगमा भारतबाट आएका मजदुरहरूको तथ्यांक छैन

बंगलादेशी तथा रोहिंग्या नागरिक पनि भित्रिन सक्ने जोखिम

झापा,१७ मंसिर । झापामा सञ्चालित चिम्नी इँटा उद्योगमा भारतबाट अस्थायी प्रवासी मजदुरहरू परिवारसहित धमाधम नेपाल छिरिरहेका छन्। तर, त्यसरी नेपाल आइरहेका भारतीय अस्थायी प्रवासी मजदुरको यकिन तथ्यांक झापा जिल्लाका प्रहरी, प्रशासनसँग भने छैन। त्यसैकारण, बंगलादेशी तथा रोहिंग्या नागरिक पनि भित्रिन सक्ने जोखिम बढेने भएको छ।

छिमेकी भारतको पश्चिम बंगालबाट बंगलादेशी तथा रोहिंग्या नागरिक अवैध रूपमा नेपाल भित्रिन सक्ने भन्दै सशस्त्र प्रहरीले पछिल्लो समय जिल्लाका सीमा नाकामा उच्च सतर्कता अपनाउन थालेको छ। तर, भद्रपुर र काँकडभिट्टा सीमा नाकामै इँटाभट्टामा काम गर्न आएका भारतीय मजदुरहरूको विवरण संकलन र परिचयपत्र चेकजाँच नगर्दा सुरक्षा निकायलाई समस्या उत्पन्न हुन थालेको छ। भारतबाटै बस रिजाभ गरी नेपाल आउने गरेका भारतीय मजदुरहरू सोझै इँटा उद्योग पुगेर काम गर्न थालेका छन्।

इँटा उद्योगमा काम गरिरहेका भारतीय अस्थायी प्रवासी मजदुरहरूको परिवारसहितको विवरण संकलनको काम भइरहेको सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ गण हेडक्वार्टर झापाका एसपी तुलबहादुर भण्डारीले जानकारी दिनु भयो।

भारतबाट नेपाल छिर्न सक्ने बंगलादेशी तथा रोहिंग्या नागरिकहरू इँटा उद्योग गएर बसोबास गर्न सक्ने पहिलो सम्भावित स्थान रहेको भन्दै जिल्ला सुरक्षा निकायको बैठकमा छलफल भएको छ । यसबारेमा झापा इँटा उद्योग संघका पदाधिकारीसँग पनि समन्वय र सहकार्य भइरहेको एसपी भण्डारीले बताउनु भयो।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य