झापामा सञ्चालित इँटा उद्योगमा भारतबाट आएका मजदुरहरूको तथ्यांक छैन

बंगलादेशी तथा रोहिंग्या नागरिक पनि भित्रिन सक्ने जोखिम

झापा,१७ मंसिर । झापामा सञ्चालित चिम्नी इँटा उद्योगमा भारतबाट अस्थायी प्रवासी मजदुरहरू परिवारसहित धमाधम नेपाल छिरिरहेका छन्। तर, त्यसरी नेपाल आइरहेका भारतीय अस्थायी प्रवासी मजदुरको यकिन तथ्यांक झापा जिल्लाका प्रहरी, प्रशासनसँग भने छैन। त्यसैकारण, बंगलादेशी तथा रोहिंग्या नागरिक पनि भित्रिन सक्ने जोखिम बढेने भएको छ।

छिमेकी भारतको पश्चिम बंगालबाट बंगलादेशी तथा रोहिंग्या नागरिक अवैध रूपमा नेपाल भित्रिन सक्ने भन्दै सशस्त्र प्रहरीले पछिल्लो समय जिल्लाका सीमा नाकामा उच्च सतर्कता अपनाउन थालेको छ। तर, भद्रपुर र काँकडभिट्टा सीमा नाकामै इँटाभट्टामा काम गर्न आएका भारतीय मजदुरहरूको विवरण संकलन र परिचयपत्र चेकजाँच नगर्दा सुरक्षा निकायलाई समस्या उत्पन्न हुन थालेको छ। भारतबाटै बस रिजाभ गरी नेपाल आउने गरेका भारतीय मजदुरहरू सोझै इँटा उद्योग पुगेर काम गर्न थालेका छन्।

इँटा उद्योगमा काम गरिरहेका भारतीय अस्थायी प्रवासी मजदुरहरूको परिवारसहितको विवरण संकलनको काम भइरहेको सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ गण हेडक्वार्टर झापाका एसपी तुलबहादुर भण्डारीले जानकारी दिनु भयो।

भारतबाट नेपाल छिर्न सक्ने बंगलादेशी तथा रोहिंग्या नागरिकहरू इँटा उद्योग गएर बसोबास गर्न सक्ने पहिलो सम्भावित स्थान रहेको भन्दै जिल्ला सुरक्षा निकायको बैठकमा छलफल भएको छ । यसबारेमा झापा इँटा उद्योग संघका पदाधिकारीसँग पनि समन्वय र सहकार्य भइरहेको एसपी भण्डारीले बताउनु भयो।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन