दमक १७ मंसिर । अपाङ्गता भएका व्यक्तिहरूको चौतीस औँ अन्तर्राष्ट्रिय दिवस बुधबार विभिन्न कार्यक्रमका साथ देशभर मनाइएको छ । अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवद्र्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन उन्नाइ सय बयानवे देखि हरेक वर्ष डिसेम्बर ३ तारिखकका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । यस वर्ष दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन’ तय गरिएको छ । हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गर्दै दमकमा पनि अपाङ्गता हामी एकहौ लेखेको जस्ता विभिन्न पलेर्काड बोकेर र्याली गरी आकसे पुल छेउमा एक र्कायक्रम गरि सम्पन्न गरिएको छ ।
र्कायक्रममा प्रमुख अतिथिको रुपमा नगर प्रमुख राम कुमार थापा,उपप्रमुख रेगिना भटराइ प्रसाई साथै विभिन्न सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्था साथै अपाङ्गता भएका नागरिकहरुको उपस्थीति रहेको थियो।
अपाङ्गता भएर पनि विभिन्न व्यावसाय गरेर जिवन र्निवाह गरिरहनु भएको र अपाङ्गता संस्थालाइ सहयोग गर्ने व्याक्तिहरुलाई सम्मान गरिएको थियो ।र्कायक्रमको सञ्चालन राष्ट्रिय अपाङ्ग माहासंग दमक अपाङ्गता सहयोग समितिका सचिव मदन बोहोराले गर्नु भएको थियो। क्रितिम हातले माइक समातेर बोल्दा सबैजना अचम्म देखीनु भएको थियो।
कार्यक्रममा अपाङ्गताको क्षेत्रमा सामाजिक योगदान गरेका विभिन्न ब्यक्ति तथा सस्थाहरुलाई सम्मान समेत गरिएको थियो । अपाङ्गताको सकारात्मक र सामाजिक योगदानका बारेमा ससक्त समाचार प्रसारण गरेको भन्दै दमकको हिमशिखर टेलिभिजनलाई सस्थातर्फबाट सम्मान गरिएको थियो । यस्तै अपाङ्गता भएपनि सामाजिक रुपमा केही न केही योगदान गरिरहेको भन्दै अन्य ६ जना ब्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।
जसमा पत्रिका विक्रेता भिम बाहादुर शार्की,किराना पसल व्यावसायी तारादेवी माझी ,अगर बत्ती व्यावसायी महेश दाहाल,करुणा फाउनडेसन नेपाको पालिका कोडिनेटर मिलन दाहाल,हुइलचियरमा बसेर बाँस्केट खेलाडी श्याम आले मगर,७ लाख रुपैँयाको कोष खडा गरि अपाङ्गता भएका व्याक्तिलाई सहयोग गर्नु भएको छुर्पी व्यावसायी लोक बाहादुर राई सम्मानित हुनु भएको छ। शरिरिक अपाङ्गता भएर पनि सहज तरिकाले व्यवस्थापन गर्न जनचेतनाको र्कायक्रममा सबै एकजुट भएर लागि पर्न अटिजम सोसाइटी झापाको अध्यक्ष रमेश रिजाल बताउनुहुन्छ ।
समाजमा सम्मान तरिकाले जिवन विताँउन ,हरेक आवश्यकीय सेवा सुवीधा उपलब्ध गराँउन विभिन्न संघ सस्थासँग सहर्कय गरि सहयोग गर्ने प्रतिवद्धता दमकका नगर प्रमुख राम कुमार थापाको छ । नगरपालिकाबाट सहयोग गर्रे कृतिम हात ,खुटा ,हुइलचियर जस्ता विभिन्न सामाग्री उपलब्ध गराएबापत जिवन सहज तरिकाले बिताएको देख्दा खुसी व्याक्त गर्दै सधै हक अधिकार प्रदान गर्ने विश्वास उहाँको छ ।
अपाङ्गता हुनु अपराध होइन ।शारिरिक अशक्तता हो । सहज तरिकाले जिवनयापन गर्नको लागि हरेक समय सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको छ।जस्तोसुकै अवस्थामा पनि विभिन्न र्कायक्रम गरि सहयोग गर्न ,सम्मान तरिकाले जिवन वितउन सधै दमक नगरपालिका साथमा हुने विश्वास दिलउनु भएको छ दमक नगरपालिका उप प्रमुख रेगिना भटराई प्रसाईले ।
चौतीस औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा र्कायक्रम गर्दा सहयोग गर्ने संघ संस्था,उपस्थीत सबै व्यक्तिहरुलाई र्कायक्रम सफल तरिकाले गर्न सहयोग गरेकोमा धन्यवाद दिदै दमक अपाङ्ग सहयोग समितिको र्कायवाहाक अध्यक्ष मन माया तिम्सिनाले र्कायक्रमको समापन गर्नु भएको थियो।
स्थानीय तह तथा राज्यले अपाङ्गता भएका व्याक्तिको हक हितको लागि सधै सहयोग गर्ने हो भने अपाङ्ग भएका व्याक्तिले सहज तरिकाले जिवन जिउन सक्ने थिए ।









