अर्जुनधारा महिला भलिबलमा एपिएफ र न्यु डायमन्ड विजयी

बिर्तामोड, मंसिर १७ । झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो ।

एपिएफले एभरेस्ट लुम्बिनीलाई ३–० को सोझो सेटमा हराएको हो । एपिएफले ११–२५, १५–२५ र २२–२५ को सेटमा पराजित गरेको हो । खेलको प्लेयर अफ द म्याच एपिएफकी नेबिका चौधरी भइन् ।

उनलाई प्रमुख अतिथि पूर्वकानुनमन्त्री अग्नि खरेल, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, आयोजक अध्यक्ष सुरेन्द्र धिमाल, सहआयोजकका अध्यक्ष वीरबहादुर राईलगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।

त्यस्तै, आज भएको दोस्रो खेलमा न्यु डायमन्डले कोशी प्रदेश भलिबल टिमलाई ३–० को सोझो सेटमा हराएको हो । न्यु डायमन्डले १४–५, ८–२५ र ९–२५ को सेटमा पराजित गरेको हो ।

खेलको प्लेयर अफ द म्याच न्यु डायमन्डकी जेनिसा विश्वकर्मा भइन् । उनलाई प्रमुख अतिथि पूर्वकानुनमन्त्री अग्नि खरेल, अर्जुनधारा ६ का वडा अध्यक्ष हरिशचन्द्र बास्तोला, आयोजक अध्यक्ष सुरेन्द्र धिमाल, सहआयोजकका अध्यक्ष वीरबहादुर राईलगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।

भोलिको पहिलो खेल नेपाल एपिएफ क्बल र त्रिभुवन आर्मी क्बलबीच हुनेछ । त्यस्तै, दोस्रो खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

मंसिर १९ गते पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । सोही दिन दोस्रो खेल कोशी प्रदेश भलिबल टिमले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेस्ट र त्रिभुवन आर्मी छन् । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् ।

मंसिर २० गते पहिलो सेमिफाइनल खेल बिहान ९ बजे समूह ‘ए’ को विजेता र समूह ‘बि’ को उपविजेताबीच हुनेछ । सोही दिन अन्तिम सेमिफाइनल खेल दिउँसो २ः३० बजे समूह ‘बि’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ ।

अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मंसिर २१ गते हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए ।

झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन