शनिश्चरे बजारमा भएको आगलागीबाट कति क्षति भयो?

झापा, १९ मंसिर । झापा अर्जुनधाराको शनिश्चरे बजारमा भएको आगलागीबाट करिव ९० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

गएराति ८.३५ बजे अर्जुनधारा वडा न.८ रातोपुल बस्ने सन्तोष साहको २ तले पक्की घरको भुइँतलामा रहेको दुईवटा सटरमा रहेको हार्डवेयर पसलमा बिद्युत सर्ट भई आगलागी भएको हो।

उक्त आगलागीबाट पसलभित्र रहेका हार्डवेयर सामग्री ( सिमेन्टका बोरा, टिनको बण्डल, कलर पेन्ट, पुटिङ सिमेन्ट, झ्याल ढोका तथा भ¥याङमा प्रयोग हुने आल्मुनियम, प्लाई, तथा विविध सामग्री) अन्दाजी ९० लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट डीएसपी बिजय श्रेष्ठको कमाण्डमा र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली २५ जना खटिएर प्रहरी, स्थानीयबासी, बिर्तामोड ,भद्रपुर र मेचीनगरको दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

न्यायिक आयोग गठन गर्न उज्यालो नेपाल पार्टीको माग

काठमाडौं,१४ साउन । उज्यालो नेपाल पार्टीले सुनसरी र सिरहाका घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग तत्काल गठन गर्न माग गरेको छ । पार्टीले

मधेश तनावः शीर्ष नेताहरू छलफलमा

मधेश,१४ साउन । मधेश मा पछिल्लो समय बिग्रँदै गएको सुरक्षा परिस्थिति र साम्प्रदायिक संवेदनशीलतालाई ध्यानमा राख्दै मधेश केन्द्रित दलका शीर्ष नेताहरू आपत्कालीन छलफलमा जुटेका छन्।

सुनसरी–सिरहा घटनाप्रति ओलीद्वारा दुःख व्यक्त, सामाजिक सद्भाव कायम राख्न अपिल

कठमाडौं,१४ साउन । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी र सिरहामा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिक र राजनीतिक वृत्तलाई

सुरक्षा स्थिति चुस्त बनाउन वीरगञ्जमा निषेधाज्ञा जारी

काठमाडौं,१४ साउन । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा

प्रहरीको गोलीले युवकको मृत्यु, एबी मलमा आगजनी

काठमाडौं,१४ साउन । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यहाँको स्थिति अत्यन्तै तनावपूर्ण बनेको छ। घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले गोलबजार स्थित सिरहा

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिमा समेट्न मन्त्रालयमा छलफल

काठमाडौं,१४ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गर्नु भएको छ ।