दमकका उपभोक्ताले पहिला र अहिले कस्तो पानी सेवन गरिरहेका छन् ?

दमक, १९ मंसीर । दमकमा अहिले नियमीत खानेपानी आइरहेको छ ? के तपाईको घरको धारामा पानी सुद्ध वा फिल्टर गरिएको पानीनै आइरहेको छ ? वा कुनै रङ्ग जस्तो देखिने धमीलो पानी पनि आइरहेको छ ? पहिला र अहिलेको पानी वितरणको स्थिती र अवस्था कस्तो छ ? भनेर हामीले दमकका केहि खानेपानीका उपभोक्ताको घर घरमै गएर हेर्ने र बुझ्ने प्रयास गरेका छौ ।

दमक ५ का भक्तबहादुर खड्काको घरमा अहिले नियमीत पानी आइरहेको छ । पहिला नियमीत नआएपनि पछिल्लो समय चाहि खानेपानी नियमीत आउने गरेको उहाँले बताउनु भयो । तर पानी सँधै राम्रो चाहि नआइरहेको उहाँको गुनासो छ । उहाँ भन्नु हुन्छ ‘पाँच छ दिनमा एक पटक पानी बाक्लो आउने, फिँजै फिँज आउने र केहि मिसिएको हो कि जस्तो गरेर पानी आइरहेको छ । ’ पानीमा छुट्टै प्रकारको गन्ध समेत आउने भएकोले उहाँहरुले पानीलाइ फिल्टर गरेर मात्रै सेवन गर्ने गरेको पनि प्रतिकृया दिनुभएको छ ।

तर दमककै भुवन कार्कीले चाहि पानीमा अहिले सम्म कुनै गन्ध आएको महसुस गर्नु भएको छैन । धाराबाट आएको पानी सोझै सेवन गर्ने गरेको र पहिला जस्तो धेरै समय सम्म पानी अवरुद्ध समेत नहुने गरेको बताउनु भयो । पानीको वितरणको स्थितीमा पनि सुधार भइरहेको उहाँको भनाई छ ।

यस्तै दमकका राजन कडरीयाको पनि अनुभव भुवनको जस्तै छ । पानी नियमीत आइरहेको छ । पानीमा खास दुर्गन्ध छैन । अन्य क्षेत्रको भन्दा दमकको पानी सेवन गर्दा पनि राम्रो र सुद्ध हो कि भन्ने अनुभव कडरीयाको छ ।

दमकमा खानेपानी वितरण अझै सबै ठाउँ भइसकेको छैन । भएका ठाउँमा पनि अझै २४ घण्टा नै पानी आउने गरीको व्यवस्था मिलाउन सकिरहिएको छैन । दमकको पानीको मागलाई पुरा गर्न खानेपानी तथा सरसफाई उपभोक्ता सस्था दमक १ ले एडिभिबाट ऋण सहयोग लिएर भएपनि दमकको खानेपानीको माग र अन्य समस्यालाई सम्बोधन गर्न सस्था लागीपरिरहेको सस्थाका अध्यक्ष रवी न्यौपाने खत्रीको भनाई छ ।

दमकमा खानेपानी तथा सरसफाई उपभोक्ता सस्था, बेलडाँगी खानेपानी आयोजना सञ्चालनमा रहेका छन् । तर यी आयोजनाले अझैपनि दमकमा पूर्णरुपमा खानेपानी वितरण गर्न सकिरहेका छैनन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य