खेलकुद

अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा पुलिस क्लव

समुह चरणबाटै बाहिरियाे काेशी

बिर्तामोड, मंसिर १९ । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ ।
पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा कोशीलाई स्तब्ध पारेको थियो । आजको हारसँगै कोशी प्रतियोगिताबाट बाहिरिएको छ । कोशीले समूह चरणका दुवै खेलमा पराजय भोगेको थियो ।
खेलको प्लेयर अफ द म्याच पुलिसकी आशिका क्षेत्री भइन् । उनलाई नगद सौजन्यकर्ता व्यवसायी गजेन्द्र साउदेनलगायतले नगद पाँच हजार र ट्रफी प्रदान गर्नु भएको छ । भोलि दुई सेमिफाइनल प्रतियोगितामा भोलि दुईवटै सेमिफाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपिएफ र समूह ‘बि’ को उपविजेता न्यु डायमन्डबीच हुनेछ । त्यस्तै, अन्तिम सेमिफाइनल खेलमा समूह ‘बि’ को विजेता पुलिस र समूह ‘ए’ उपविजेता आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेस्ट र त्रिभुवन आर्मी छन् । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् ।
अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मंसिर २१ गते हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताउनु भयो ।

झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताउनु भयो ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुरक्षा स्थिति चुस्त बनाउन वीरगञ्जमा निषेधाज्ञा जारी

काठमाडौं,१४ साउन । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा

प्रहरीको गोलीले युवकको मृत्यु, एबी मलमा आगजनी

काठमाडौं,१४ साउन । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यहाँको स्थिति अत्यन्तै तनावपूर्ण बनेको छ। घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले गोलबजार स्थित सिरहा

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिमा समेट्न मन्त्रालयमा छलफल

काठमाडौं,१४ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गर्नु भएको छ ।

प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनु भएको छन । उहाँले आजै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रका नाममा सम्बोधन गर्न

सिरहामा झडपः गोली लागेर १८ वर्षीय युवक गम्भीर घाइते

सिरहा,१४ साउन । सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर सुभाष ठाकुर गम्भीर घाइते हुनु भएको छ। छातिमा गोली लागेर धनुसाधाम घर भएका अन्दाजी

सांसद पौडेल माथि अमानवीय व्यवहार गर्ने दुई जना पक्राउ

रौतहट,१४ साउन । रौतहटको गढीमाई नगरपालिका वडा नं. ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार