झापाको सीमा क्षेत्रमा विशेष निगरानी,

नेपालमा रोहिङ्ग्या प्रवेश गर्लान कि भनेर सिमानामा सर्तकता

मुख्य नाका मानिने पुरानो मेची पुलमा भारततर्फबाट नेपाल प्रवेश गर्ने प्रत्येक नागरिकको अनिवार्य परिचयपत्र जाँच गरिँदै

 

दमक, २१ मंसीर । बंगलादेशमा पछिल्लो समय हिंसात्मक गतिविधि बढ्दै गएको र त्यसको असर भारत हुँदै नेपालसम्म पर्न सक्ने आशंकाबीच पूर्वी नेपालको झापा जिल्लामा सीमा सुरक्षालाई कडाइ गरिएको छ। रोहिङ्ग्या मुसलमानहरू नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले थप सुरक्षा व्यवस्था मिलाएको हो।

 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गण हेडक्वार्टर पाडाजुंगीबाट एक सेक्सन सुरक्षाकर्मी टोली झापाको सीमा क्षेत्रमा विशेष निगरानीका लागि परिचालन गरिएको छ। झापामा मेचीनगरदेखि गौरीगञ्जसम्मको झण्डै एक सय ४४ किलोमिटर लामो खुला सीमा क्षेत्र रहेको छ, जुन सुरक्षाको दृष्टिले सधैं संवेदनशील मानिन्छ।

 

सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको आठ जनाको टोली पुरानो मेची पुल, भान्सा खोला, तुर्केनी, नकलबन्दालगायतका खुला र जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको छ। यी क्षेत्र हुँदै भारतबाट पैदल नेपाल प्रवेश गर्ने सम्भावना बढी रहने भएकाले विशेष निगरानी गरिँदै आएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।

सुरक्षामा तैनाथ एक प्रहरी अधिकृतका अनुसार, “मुख्य सडक नाकाबाट नभई जङ्गल, खोल्साखोल्सी र बायाँ–दायाँका बाटो प्रयोग गरेर नेपाल छिर्ने मानिसप्रति हाम्रो विशेष निगरानी हुन्छ। परिचयपत्र जाँच गर्ने, शंकास्पद व्यक्तिलाई तत्काल नियन्त्रणमा लिने काम भइरहेको छ।”

मेची पुलमा कडा चेकजाँच

मुख्य नाका मानिने पुरानो मेची पुलमा भारततर्फबाट नेपाल प्रवेश गर्ने प्रत्येक नागरिकको अनिवार्य परिचयपत्र जाँच गरिँदै आएको छ। शंकास्पद गतिविधि देखिए तत्काल नियन्त्रणमा लिने व्यवस्था मिलाइएको जिल्ला प्रशाषन कार्यालय झापाले जनाएको छ ।

 

पछिल्लो केही महिनादेखि बंगलादेशमा बढ्दो हिंसा, जातीय तनाव र राजनीतिक अस्थिरताको प्रभाव भारतसम्म देखिन थालेको छ। यही अवस्थाले गर्दा भारत हुँदै नेपालमा अवैध प्रवेश हुन सक्ने सुरक्षा निकायको आकलन छ। त्यसकै आधारमा सीमा क्षेत्रमा सतर्कता अझ कडा बनाइएको हो।

नेपाल–भारतको खुला सिमा दीर्घकालदेखि आवागमनको सहज माध्यम बने पनि अब भने यही खुलापन राष्ट्रिय सुरक्षा चुनौतीको रुपमा उभिन थालेको छ। मानव तस्करी, अवैध प्रवेश, आपराधिक गिरोहको ओहोरदोहोरजस्ता गतिविधि बढ्ने खतरा पनि उत्तिकै बढेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य