भावुक रेखाभित्रको विद्रोही नयाँ अनुहार

‘अनुशीलन’ ५४

दमक, २१ मंसिर / घर परिवारमा शिक्षा र चेतनाको पक्षमा दाइहरुको अगुवाइ थियो । पढ्ने र सृजनात्मक बन्ने पक्षमा परिवारका सबै सदस्य सक्रिय थिए । त्यही वातावरणले परिवारको कान्छो सन्तानका रुपमा रहनु भएकी रेखा सुवेदीलाई सृजनशील यात्रामा अघि बढायो ।

 

पुष्पलाल सुवेदी र लीला सुवेदीको सन्तानका रुपमा वि.सं. २०३३ साल कार्तिक २१ गते मोरङको बेलबारी १ मा जन्मिनु भएकी रेखामा सानै उमेरदेखि नाँच्ने, गाउनेसँगसँगै कविता लेख्नेमा समेत ध्यान गयो । हुँदै जाँदा जनवादी गीतसंगीततर्फ साँस्कृतिक अभियानमा सामेल भएर समाजका विकृति, विसंगति हटाउने पक्षको लहरमा उहाँको चेतना सामेल भयो । त्यो बेलाको सृजना र साँस्कृतिक अभियानका अग्रज स्थानीय इरनकुमार राईसँगको कार्यक्रमको अभियानमा जीवनको अभियान जोडियो । अनि ०५४ सालमा जनवादी शैलीमा गरिएको उहाँसँगको वैवाहिक सहयात्रापछि समाजमा केही संघर्ष गर्नुपर्‍यो । संघर्षबाट कत्तिपनि विचलित नभई लगातार आफ्‌नो कर्ममा लागेर आफूलाई एउटा प्रभावकारी कविका रुपमा उभ्याउन सफल बन्नु भएको छ । २०७९ मा उहाँको कविता कृति ‘नयाँ अनुहार’ प्रकाशित छ ।

 

भावुक स्वभावकी उहाँभित्र भनें शालिन विद्रोह छ । कविता, गजल, गीत, रुबाई, कथा लेख्ने उहाँले सृजनात्मक अभियानको अगुवाका रुपमा समेत प्रभावकारी गतिविधि गर्दै आउनु भएको छ । पालिकाबाट सृजनाको क्षेत्रमा पनि बजेट विनियोजन गर्नु पर्ने दर्विलो आवाजसहित उहाँको अगुवाईको बेलबारी साहित्य विकास समितिले गतिविधि गर्‍यो । त्यसलाई बेलबारी प्रज्ञा प्रतिष्ठान बनाएर उहाँकै अगुवाईमा विभिन्न विधाका कार्यक्रमहरु हुँदै आएका छन् ।

 

सृजना र शैक्षिक चेतनामार्फत समाज रुपान्तरको अभियानमा सामेल उहाँ आफ्‌नै विद्यालय सगरमाथा इङगलिस स्कुल बेलबारी १ मा अध्यापनरत रहेर विद्यार्थीहरुलाई पनि सृजनशील बनाउने ध्याउन्तेमा हुनुहुन्छ । सुकुना बहुमुखी क्याम्पसमा पनि अध्यापनरत उहाँको सृजना क्षेत्रको योगदानको उच्चमूल्यांकनमा देश विदेशबाट दर्जनौं सम्मान प्राप्त गर्नुभएका छन् । लुगुन साहित्यिक प्रतिष्ठान इटहरीबाट अभिनन्दित बन्नु भएको छ । नेपाल– भारत साहित्य महोत्सव सन् २०१८, कवि विमल गुरुङ स्मृति पुस्तकाय धरान २०६२, साझा प्रकाशन काठमाडौं २०६७, जुही प्रकाशन झापा २०६८, सृजनशील साहित्यिक समाज रुपन्देही २०७०, नवयुग बहुउद्धेश्यीय अध्ययन केन्द्र इनरुवा २०७२, डियर कल्याण साहित्य प्रतिष्ठान इटहरी २०७९, साहित्य सन्ध्या काठमाडौं, डा.नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान विराटनगरसहितबाट सम्मानित र पुरस्कृत बनेर आफ्‌नो सृजनाको आयतन फराकिलो बनाउनु भएको छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रमका लागि गरिएको भलाकुसारी भिडिओमा हेर्नुहोला :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति