मोरङ लेटाङकी अंशु गौतमको हत्या आरोपमा छिमेकी पदम अधिकारी पक्राउ

मोरङ, २१ मंसिर । असोज पहिलो साता हत्या भएकी मोरङ लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमको हत्या आरोपमा एक जना पक्राउ परेको प्रहरीले जनाएको छ् । अंशुको हत्यामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले बिचारी भनिने पदम अधिकारीलाई पक्राउ गरेको छ । अधिकारी अंशुका छिमेकी भएको प्रहरीले बताएको छ । पोष्टमार्टम रिपोर्टमा उनको हत्या भएको खुलेको छ । सोही रिपोर्टको आधारमा प्रहरीले अपराधीको खोजी गर्ने क्रममा अधिकारी उनकै घरबाट पक्राउ परेका हुन् ।

उनी भारत आसामको तीनसुकिया स्थित कोइलाखाँदमा यतिका दिनसम्म लुकेर बसेका थिए । शनिबार घर फर्किएका अधिकारी प्रहरीले सूचना पाएपछि गएराति पक्राउ गरेको अंशुका परिवारलाई उधृत गर्दै गौतम समाज झापाका अध्यक्ष नीतिरमण गौतमले बताउनुभयो । घटना लगत्तै अघिकारी बेपत्ता भएका हुन्। अधिकारीले आफूले बलात्कार गरेपछि हत्या गरेको स्वीकारेको बताइएका छन् ।

हत्यामा प्रयोग भएका हँसिया र खुकुरीको बिँड घटनास्थल नजिकै जलाएको र हतियार घरभित्र (मचानमा) लगेर लुकाएको जनाएका छन् । त्यसलगत्तै अधिकारी आसाम भागेको खुलेको छ । ती हतियार प्रहरीले बरामद गरिसकेको जनाएको छ । अधिकारीविरुद्ध अंशुका बुबा नवीन गौतमले मोरङ प्रहरीमा किटानी जाहेरी दिनु भएको छ । पक्राउ परेका अधिकारीलाई नियन्त्रणमा लिएर प्रहरीले म्याद थप गरी अनुसन्धान जारी राखेको बताएको छ ।अंशुको आज नै धार्मिक संस्कार अनुसार सदगती गरिने परिवारले बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य