हाम्राे जडिबुटी,हाम्राे जीवन

अस्पतालको भीडबीच पनि जडिबुटीतर्फ किन फर्कदैछन् मानिस?

दमक, २२ मंसिर । डाफेमुनालको मुख्य चोक। सहरको व्यस्तता, गाडीको हरन, मानिसको चहलपहलबीच एक कुनामा सिंगो हिमाल र पहाड झरे जस्तो देखिन्छ।रङ्गीचङ्गी साना–ठूला पोका, सुकेको जडिबुटी, धुलोमा बसेको औषधिको सुगन्ध… यहाँ बेचिँदैछ, हिमालको शक्ति।

मोरिंगा लिफ पाउडर, पिसाब पोल्दा खाने जडिबुटी, लडेको–मरकेको, अल्सर, चोटपटक देखि पेटका रोगसम्मका प्राकृतिक औषधि। हेर्दैमा लाग्छ, यी सामान किन्दा मानौं मानिसले भरोसा पनि सँगै किन्दैछन्।

दमक जस्तो सहर। अस्पताल छन्, फार्मेसी छन्, आधुनिक उपचारको सुविधा छ। तर प्रश्न उठ्छ त्यसै पनि किन मानिस जडिबुटीतर्फ फर्किँदै छन? यसको जवाफ खोज्दै पुगेका छौं दमकमा लामो समयदेखि जडिबुटी व्यवसाय गर्दै आउनु भएका नुर्वु भोटे कहाँ।

“कोरोनापछि मानिसमा ठूलो परिवर्तन आएको छ। रसायनिक भन्दा पनि प्राकृतिक औषधि प्रति विश्वास बढेको छ। अर्गानिक भएकाले शरीरलाई असर गर्दैन भन्ने लाग्छ, त्यसैले ग्राहक बढेका छन्।”

नुर्वु भोटेले तराई देखि हिमाल–पहाड सम्म उत्पादन भएका जडिबुटी यहाँ ल्याएर बेच्नु हुन्छ।उहाँको स्टलमा भेटिन्छ— गाउँ, जंगल र जीवनको गहिरो सम्बन्ध।

यस्तै, सङ्खुवासभाबाट जडिबुटी बोकेर आउनु हुने साङजुङ भोटे पनि यही चोकमा भेटिनु हुन्छ।

“ठूलो ओखती, चिम्ले किरा जस्ता धेरै जडिबुटी ल्याउँछु। लडेको, चोटपटक लागेको, अल्सर भएका विरामीका लागि धेरैले खोज्नु हुन्छ।”दमकमा ठूला अस्पताल छन्। डाक्टर छन्। औषधि छन्। तर पनि मानिसको मन प्रकृतितर्फ फर्कि रहेको छ। किनकि मानिसमा एउटा विश्वास पलाएको छ त्यो हो रोग रसायनले होइन, प्रकृतिले निको पार्छ।

यदि सरकार सोयमले देशमा उत्पादन भएको जडिबुटीको वैज्ञानिक प्रयोग र प्रशोधन सुरु गर्ने हो भने, विदेशी औषधि माथिको निर्भरता घट्ने थियो र नेपालमै अर्गानिक औषधि उद्योग फस्टाउने थियो। हिमालको जडिबुटी, तराईको बजार, र जनताको बढ्दो भरोसा यो केवल व्यापार मात्र होइन, यो मानिस र प्रकृतिबीचको पुनः जोडिएको सम्बन्ध हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले शिक्षकको मागलाई सम्बोधन गर्न सकेको छैन

काठमाडौँ,१४ साउन । बिहीबार आयोजित ‘राहत शिक्षक एकता भेला’ कायक्रममा बोल्दै उहाँले जहाँ एकता हुन्छ त्यहाँ सफलता र विजय सुनिश्चित हुने बताउनु भएको हो ।

प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित

काठमाडौँ,१४ साउन । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक यही साउन १९ गतेसम्मका लागि स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते

जनकपुरमा ३ :३० देखि कर्फ्यु जारी

जनकपुर,१४ साउन।जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बिहीबार विज्ञप्ति जारी गर्दै दिउँसो ३:३० बजेदेखि लागू

सुनसरीबाट सुरु भएको दुई समुदायबीचको तनाव मधेश प्रदेशमा फैलियो

धनुषा,१४ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका स्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव अब मधेश प्रदेशतिर पनि सरेको छ। दुई समुदायबीचको तनावलाई सरकारले समयमै सम्बोधन

खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रक्षा मन्त्रालयका रक्षा सचिव केदारनाथ

राजनीतिकरण छाडेर दीर्घकालीन समाधानमा लाग्न सांसद विश्वकर्माको जोड

काठमाडौं,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियानलाई दीर्घकालीन समस्या समाधानतर्फको महत्वपूर्ण कदम भएको बताउनु