दूधको भुक्तानी नपाएर समस्यामा परेका किसानले बल्ल पाए राहत

लामाे समयदेखि राेकिएकाे ४ अर्व वक्याैता निकासा
  1. काठमाडौँ,२३ मंसिर । लामो समयदेखि दूधको भुक्तानी नपाएर समस्यामा परेका दुग्ध उत्पादक किसानले अन्ततः राहत पाएका छन्। किसानको रोकिएको करिब ४ अर्ब रुपैयाँ बक्यौता रकम भुक्तानी भएको स्रोतले जनाएको छ।
    सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र निजी क्षेत्रका डेरी उद्योगहरूले किसानको बक्यौता रकम तिरेका छन््। प्राप्त विवरण अनुसार डिडिसीले १ अर्ब रुपैयाँ र निजी डेरी उद्योगहरूले करिब ३ अर्ब रुपैयाँ भुक्तानी गरेका छन्। लामो समयदेखि भुक्तानी नपाउँदा किसानहरू सडक आन्दोलनमा उत्रिन बाध्य थिए।

डेरी उद्योगहरूले गोदाममा थुप्रिएको धुलो दूध (पाउडर) र बटर बिक्री गरेर किसानको पैसा तिरेका छन््। बजारमा दूधको खपत घटेपछि उद्योगहरूले दूधलाई पाउडर र बटर बनाएर भण्डारण गरेका थिए। सोही मौज्दात बिक्री भएपछि नगद प्रवाहमा सहजता आउँदा किसानको भुक्तानी सम्भव भएको छ।

निजी क्षेत्रका डेरी उद्योगहरूले किसानको अधिकांश भुक्तानी चुक्ता गरिसकेका छन्। तर, सरकारी संस्थान डिडिसीको भने अझै केही रकम तिर्न बाँकी रहेको स्रोतले जनाएको छ। डिडिसीले अझै करिब ४५ करोड रुपैयाँ (तीन महिनाको भुक्तानी गर्न बाँकी रहेको स्वीकार गरेको छ। यद्यपि, १ अर्ब भुक्तानी भइसकेकाले किसानलाई ठूलो राहत मिलन सहयोग पुगेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले शिक्षकको मागलाई सम्बोधन गर्न सकेको छैन

काठमाडौँ,१४ साउन । बिहीबार आयोजित ‘राहत शिक्षक एकता भेला’ कायक्रममा बोल्दै उहाँले जहाँ एकता हुन्छ त्यहाँ सफलता र विजय सुनिश्चित हुने बताउनु भएको हो ।

प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित

काठमाडौँ,१४ साउन । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक यही साउन १९ गतेसम्मका लागि स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते

जनकपुरमा ३ :३० देखि कर्फ्यु जारी

जनकपुर,१४ साउन।जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बिहीबार विज्ञप्ति जारी गर्दै दिउँसो ३:३० बजेदेखि लागू

सुनसरीबाट सुरु भएको दुई समुदायबीचको तनाव मधेश प्रदेशमा फैलियो

धनुषा,१४ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका स्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव अब मधेश प्रदेशतिर पनि सरेको छ। दुई समुदायबीचको तनावलाई सरकारले समयमै सम्बोधन

खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रक्षा मन्त्रालयका रक्षा सचिव केदारनाथ

राजनीतिकरण छाडेर दीर्घकालीन समाधानमा लाग्न सांसद विश्वकर्माको जोड

काठमाडौं,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियानलाई दीर्घकालीन समस्या समाधानतर्फको महत्वपूर्ण कदम भएको बताउनु