दूधको भुक्तानी नपाएर समस्यामा परेका किसानले बल्ल पाए राहत

लामाे समयदेखि राेकिएकाे ४ अर्व वक्याैता निकासा
  1. काठमाडौँ,२३ मंसिर । लामो समयदेखि दूधको भुक्तानी नपाएर समस्यामा परेका दुग्ध उत्पादक किसानले अन्ततः राहत पाएका छन्। किसानको रोकिएको करिब ४ अर्ब रुपैयाँ बक्यौता रकम भुक्तानी भएको स्रोतले जनाएको छ।
    सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र निजी क्षेत्रका डेरी उद्योगहरूले किसानको बक्यौता रकम तिरेका छन््। प्राप्त विवरण अनुसार डिडिसीले १ अर्ब रुपैयाँ र निजी डेरी उद्योगहरूले करिब ३ अर्ब रुपैयाँ भुक्तानी गरेका छन्। लामो समयदेखि भुक्तानी नपाउँदा किसानहरू सडक आन्दोलनमा उत्रिन बाध्य थिए।

डेरी उद्योगहरूले गोदाममा थुप्रिएको धुलो दूध (पाउडर) र बटर बिक्री गरेर किसानको पैसा तिरेका छन््। बजारमा दूधको खपत घटेपछि उद्योगहरूले दूधलाई पाउडर र बटर बनाएर भण्डारण गरेका थिए। सोही मौज्दात बिक्री भएपछि नगद प्रवाहमा सहजता आउँदा किसानको भुक्तानी सम्भव भएको छ।

निजी क्षेत्रका डेरी उद्योगहरूले किसानको अधिकांश भुक्तानी चुक्ता गरिसकेका छन्। तर, सरकारी संस्थान डिडिसीको भने अझै केही रकम तिर्न बाँकी रहेको स्रोतले जनाएको छ। डिडिसीले अझै करिब ४५ करोड रुपैयाँ (तीन महिनाको भुक्तानी गर्न बाँकी रहेको स्वीकार गरेको छ। यद्यपि, १ अर्ब भुक्तानी भइसकेकाले किसानलाई ठूलो राहत मिलन सहयोग पुगेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य