नयाँ दलकाे चुनावी लहर

दमकमा खुल्याे राष्ट्रिय परिवर्तन पार्टीकाे कार्यालय

दमक, मंसिर २३ । देशमा भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द र सरकारी दमनको विरोधमा भदौ २३ र २४ गते सुरु भएको जेनजी आन्दोलनले देशभर ठूलो तरंग सिर्जना ग¥यो। आन्दोलनका क्रममा जेनजी युवकयुवती, सुरक्षाकर्मी तथा सर्वसाधारणसमेतको ज्यान गयो। त्यसपछि देशभर सरकारी तथा सार्वजनिक संरचनामा तोडफोड भयो, नेताहरूको निजी सम्पत्तिमा आक्रमण भयो र अन्ततः सरकार परिवर्तनसम्मको स्थिति आयो।

पुराना राजनीतिक दललाई विस्थापित गर्दै जेनजी नेतृत्वमा सुशीला कार्कीको प्रधानमन्त्रीत्वमा सरकार गठन भयो। तर सरकार गठन भएको तीन महिना बितिसक्दा पनि जनअपेक्षा अनुसारको परिवर्तन नआएको भन्दै अहिले जेनजी स्वयं असन्तुष्ट बन्न थालेका छन्। आन्दोलनकारी जेनजीमाथि मात्रै कारबाही केन्द्रित भएको आरोप उनीहरूको छ।

यसैबीच देश विकासका लागि भन्दै फागुन २१ गतेका लागि निर्वाचन घोषणा भइसकेको छ। निर्वाचन आयोगमा नयाँ तथा पुराना दल दर्ता हुन थालेका छन्। यही क्रममा जेनजी आन्दोलनबाट जन्मिएको नयाँ राजनीतिक दल ‘राष्ट्रिय परिवर्तन पार्टी’ ले दमकमा आफ्नो कार्यालय उद्घाटन गरेको छ।

कार्यालय उद्घाटन राष्ट्रिय परिवर्तन पार्टीका केन्द्रीय उपाध्यक्ष अजय कुमार राईले गर्नुभएको हो। कार्यक्रममा जेनजी युनाइटेड सदस्यहरू रिचन वान्तवा, अञ्जना चाम्लिङ, राष्ट्रिय परिवर्तन पार्टीका सदस्य जीवन बस्नेत, पत्रकार तथा जेनजी अभियन्ताहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय परिवर्तन पार्टीमा अध्यक्ष राजेश पटेल, ‘जुत्ता’ चुनाव चिह्न बनाएका प्रकाश बोहोरा लगायत आन्दोलनका क्रममा घाइते भएका सयौँ योद्धा सदस्य छन्। सहिद तथा घाइते परिवारका सदस्यहरू समेत पार्टीमा आबद्ध रहेको दाबी पार्टीले गरेको छ। आफूहरू सहिद र घाइतेको प्रतिनिधित्व गर्ने एक मात्र पार्टी भएको पनि उनीहरूको दाबी छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक–७ को वडा अध्यक्ष बन्ने चिरन न्यौपानेको आकांक्षा, १५ बुँदे विकास योजना सार्वजनिक

पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा

दमक–६ बालमैत्री वडा घोषणा, यसरी बन्यो भव्य

दमक, ७ असोज । दमक नगरपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा भएको छ।बुधबार पशुपति मन्दिरमा भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु