झुम्का कारागारबाट फरार अपराधी पक्राउ

विराटनगर,२५ मंसिर । सुनसरीको झुम्का कारागारबाट तीन महिनाअघि फरार भएका अपराधी पप्पुसिंह ‘पप्पुकुमार यादव) पक्राउ परेको प्रहरीले जनाएको छ्। जिल्ला प्रहरी कार्याल मोरङबाट खटिएको टोलीले विराटनगर–१८ भेडियारी क्षेत्रमा लुकेर बसेको अवस्थामा उनलाई बुधबार दिउँसो पक्राउ गरेको छ।

 

सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–५ का २९ वर्षीय यादवलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीले २०८१ भदौ २५ गते दोषी ठहर गर्दै २४ वर्ष आठ महिना १५ दिन कैद सजाय तोकेको थियो । फैसला कार्यान्वयनका क्रममा उनलाई कारागार पठाइए पनि गत भदौ २४ गते जेनजी आन्दोलनमा मौका छोपेर फरार भएका हुन्।

फरारपछि उनी विराटनगर आसपासका क्षेत्रमा लुकेर बसेको प्रहरीको अनुमान छ। लामो निगरानी र विशेष सुराकीपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । हाल उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। प्रहरीका अनुसार उनी विगतदेखि नै विभिन्न आपराधिक गतिविधिमा संलग्न भएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरी घटना समाधान गर्न विशेष र यथेष्ट पहल भैइरहेको छ : अर्थमन्त्री

काठमाडौं,१३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताउनु भएको छ । केही दिनदेखि अशान्त रहेको सुनसरी

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन, तीन दिन शोक घोषणा

काठमाडौं,१३ साउन । नेपाली कांग्रेसले वरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । मंगलबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय