नाम परिवर्तन नहुने

डोमलाल राजबंशी रंगशालाको नाम परिवर्तन हुदैन : पुर्व प्रधानमन्त्री ओली

झापा/
पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिर्तामोडमा रहेको डोमलाल राजबंशी रंगशालाको नाम कुनैपनी हालतमा परिवर्तन नहुने बताउनु भएको छ । लामोसमयदेखी नाम र स्वामित्वको विवाद रहेको यो रंगशाला अब विधिवत रुपमा फिर्ता भएको र यसको थप मिचिएको जमिन पनि फिर्ता ल्याउन कानुनी रुपमै लागिने पनि अध्यक्ष ओलीले बताउनु भयो ।

खेल क्षेत्रको प्रबर्द्धन गर्न यसका संरचना महत्वपूर्ण हुने भएकोले डोमलाल राजबंशी रंगशालाको प्याराफिट चुनावपछी बनाउन सुरु गरिहाल्ने उहाले बताउनु भएको छ । अहिले बासको कच्चा प्याराफिट रहेको र यसलाई परिवर्तन गरेर नया स्वरूपमा डोमलाल राजबंशी रंगशालालाई बिकास गराउन आफू सकृय भएर लाग्ने पनि उहाले उध्घोश गर्नु भएको छ । झापा गोल्ड कपको पाचौ संसकरको उद्घाटन पस्च्यात सुभकामना मन्तव्य राख्ने क्रममा ओलीले खेल मार्फत रास्ट्रको गरिमा बढाउन महत्त्वपूर्ण भुमिका हुने भएकोले सबै खेलाडिलाई मित्रवत सम्बन्ध कायम गर्दै जितको लक्ष्य राखेर खेल्न हौसला पनि बढाउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट