दमक, २७ मंसिर । शहीद र घाइतेको मुद्दालाई केन्द्रीय एजेन्डा बनाउँदै नयाँ राजनीतिक शक्ति सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परिवर्तन पार्टीले आफ्नो औपचारिक घोषणा गर्नका लागि जानकारी सभा आयोजना गर्ने भएको हो।“शहीद र घाइतेको एकमात्र पार्टी” भन्ने नारासहित राष्ट्रिय परिवर्तन पार्टीको आज घोषणा सभापतिहरूको आयोजना हुँदैछ।
कार्यक्रम भापा जिल्लाको कमल स्थित आदिवासी रंगशाला पाडाजुगीमा हुने जनाइएको छ।पार्टीका अनुसार, अध्यक्ष राजेश प्रतेलसहित जेन जी आन्दोलनका अन्य घाइते, संघर्षमा सहभागी र आन्दोलनका पीडितहरू पार्टीको सदस्यका रूपमा रहेका छन्।
जानकारी सभामा घाइते तथा शहीद परिवारका केही सदस्यहरूको सहभागिता रहने पनि जनाइएको छ ।
राष्ट्रिय परिवर्तन पार्टीले शहीदको सम्मान, घाइतेको अधिकार र संघर्षबाट पीडितहरूको न्यायका लागि संगठित राजनीतिक अभियान सुरु गर्न लागेको जनाएको छ।घोषणा सभाले नयाँ राजनीतिक बहस र वैकल्पिक शक्तिको संकेत दिने अपेक्षा गरिएको छ।









