पढ्दै –पढाउँदै हाइकु अभियन्ता लेकाली

अनुशीलन ५५

दमक, २७ मंसिर / सानै उमेरबाट केही भावुक स्वभावकी उहाँभित्र सृजनशीलताको बीज थियो । जसले बाहिरी वातावरणमा अंकुराउने इच्छा गर्दै थियो । केही कविता लेख्दै साहित्यिक कार्यक्रममा सहभागि बन्दै जानु भयो । पछि प्रगतिशील साहित्यको अभियानमा समेत सामेल बन्नु भएकी तीला लेकालीको पढ्ने, लेख्ने र पढाउने कार्य एकसाथ अघि बढ्यो । जसले उहाँलाई पूर्वमा स्थापित साहित्यकारका रुपमा उभ्यायो । एमएड उत्तीर्ण गरी विगत १७ वर्षबाट बेलबारी बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै प्राज्ञिक ज्ञान विस्तारमा पनि उसैगरी लागिपर्नुभएको छ । जसमा शिक्षण पेशाका श्रीमान नारायण गौतमको प्रोत्साहन छ ।

 

प्रभुराम र विष्णुमाया न्यौपानेको सन्तानका रुपमा वि.सं.२०२८ असार ५ गते संखुवासभाको फलाँठेमा जन्मिनु भएकी उहाँको पहिलो पटक ‘मलाई मन पर्छ’ शिर्षकको कविता २०५९ सालमा जनउन्मुख पत्रिकामा प्रकाशित भएको थियो । उहाँको पहिलो कृतिका रुपमा २०६५ मा हाइकुसंग्रह ‘पर्खालभित्र’ प्रकाशित भयो । जसले उहाँलाई नेपालको हाइकु लेखनको अभियन्ताका रुपमा समेत स्थापित गर्‍यो । २०७० मा गजल संग्रह ‘चक्रब्युहमा उभिएर’, २०७४ मा हाइकु संग्रह ‘झ्याँउकिरी झङ्ंक्रित, २०७६ मा बाल गजल संग्रह ‘रानी मौरी’, २०७८ मा कविता संग्रह ‘साझा आकाश’ र २०८० मा कविता संग्रह .‘खुर्पे जुून’ प्रकाशित गरी आफूलाई साहित्याकाशमा विचरण गराउनु भएको छ ।

 

सुस्केरा संयुक्त साहित्यिक सङ्ग्र, समकालीन नेपाली गजल सङ्ग्रह, पूर्वाञ्चल नारी गजल दर्पण, अनयास गीति एल्बमसहितका दर्जन संयुक्त कृतिहरुमा समेत उहाँ समेटिनु भएको छ ।

 

प्रगतिशील लेखक सङ्घ कोशी प्रदेश अध्यक्षहुँदै हाल केन्द्रीय सदस्य, अन्तरास्ट्रिय जन लेखक सङ्घ सदस्य, बेलबारी साहित्य विकास समितिको निवर्तमान अध्यक्षसहित विभिन्न साहित्यिक संघ संस्थाको गतिविधिमा सक्रिय रहनु भएको छ ।

 

प्रश्रित प्रतिष्ठान नेपाल, नारी स्रष्टा समाज नेपाल प्रगतिशील लेखक सङ्घ तेह्रथुम, साहित्य सङ्गम विराटनगर, काव्य घर नेपाल, सिर्जनामा इनरुवा, कवि शिरोमणि लेखनाथ पौडेल समाज धरान, गितला प्रतिष्ठान तथा नाटक मञ्च तनहुँ, बेतना सिमसार संरक्षण समिति बेलबारी, जुहि साहित्य झापा, नेपाल – भारत साहित्य महोत्सव वीरगञ्ज, हेल्पिङ हेण्ड बेलबारी, नझरेका फूलहरु सुन्दरहरैँचा, जनता मा.वि.इलामसहितबाट सम्मानित र पुरस्कृत बन्नु भएको छ । विभिन्न पुस्तकहरुको सम्पादन तथा विभिन्न संस्थाहरुको आजिवन सदस्य रहेर सृजनाको उन्नयनमा लागिरहनु भएको छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ मा गरिएको कुराकानीको भिडिओ हेर्नुहोला :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८