निर्वाचनकाे संघारमा दमक उद्याेग वाणिज्य संघ

उद्याेगी, व्यवसायी साेध्दैछन् – चुनावका बेलामात्रै किन सुनिन्छ हाम्राे समस्या ?

दमक, २८ मंसिर । दमक उद्योग वाणिज्य संघ झापा जिल्लाकै प्रमुख व्यापारिक तथा औद्योगिक छाता संस्था हो। दमक नगरपालिका केन्द्रित व्यापार, उद्योग, सेवा र उद्यमशीलतालाई व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित स्थापना भएको यो संघबाट स्थानीय व्यापारीले धेरै अपेक्षा राख्ने गर्छन्। कर प्रणाली, बजार व्यवस्थापन, लगानीमैत्री वातावरण, श्रमिक समस्या, उपभोक्ता हितदेखि व्यवसायसँग जोडिएका नीतिगत विषयमा व्यापारीको आवाज राज्यका निकायसम्म पु¥याउने जिम्मेवारी यही संस्थाको काँधमा छ। तर, अहिले दमक उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै गर्दा एउटा गम्भीर प्रश्न उठ्न थालेको छ।
के संघले साँच्चिकै व्यापारीलाई राहत मिल्ने काम गरिरहेको छ, कि चुनावको बेला मात्रै व्यापारीको समस्या सुन्ने संस्था बनेको छ?

दमकका व्यापारीहरू संघबाट राजनीतिक ओतपोतभन्दा टाढा, शुद्ध मनस्थितिको नेतृत्व चाहन्छन्। कृष्ण जुस सेन्टरका सञ्चालक कृष्ण प्रसाद पौडेलका अनुसार व्यापारीको समस्या बुझ्ने, नजिकबाट सुन्ने उम्मेदवार अहिलेको आवश्यकता हो। उहाँ भन्नुहुन्छ, “राजनीतिक झण्डा बोकेको होइन, व्यापारीको पीडा बुझ्ने उम्मेदवार चाहिएको छ।”

दमक बजारमा लामो समयदेखि व्यवसाय गर्दै आँउनु भएकी विमला खतिवडा चमलागाईंको गुनासो अझै चर्को छ। उहाँका अनुसार चुनावको बेला उम्मेदवार भोट माग्न त आउँछन्, तर जितिसके पछि व्यापारीको अवस्था बुझ्न कोही फर्केर आउँदैन। कर तिर्नैपर्छ, भाडा महँगो छ, व्यापार छैन। त्यसमाथि ठेलामा व्यापार गर्ने र पसल भाडा तिरेर व्यवसाय गर्ने व्यापारी एउटै प्रतिस्पर्धामा राखिँदा आफूहरू थप मारमा परेको उहाँको भनाइ छ। त्यसैले बजार अनुगमन र व्यवस्थित बजार व्यवस्थापन गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताउनुहुन्छ।

नेपाल सुनचाँदी दमकका सञ्चालक विश्वनाथ नेपाल भन्नु हुन्छ संघले काम नगरेको भने होइन। उहाँका अनुसार केही सकारात्मक पहल भए पनि ती कामले प्रत्यक्ष रूपमा व्यवसायीलाई राहत मिल्ने अवस्था अझै बनेको छैन। चुनाव नजिकिँदै जाँदा उम्मेदवार फेरिनु स्वाभाविक भए पनि, व्यवसायीको पीडा र चुनौती उस्तै रहेको उहाँको गुनासो छ।

दमक उद्योग वाणिज्य संघ दमकको व्यापार, उद्योग र समग्र आर्थिक विकासको साझा मञ्च हो। स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने, रोजगारी सिर्जना गर्ने र दमकलाई पूर्वी नेपालकै सशक्त व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य यस संस्थासँग जोडिएको छ। यदि संघले निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्यको सेतुका रूपमा इमानदारीपूर्वक भूमिका निर्वाह गर्न सकेको खण्डमा व्यापारीले वास्तविक राहत पाउने थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको