"चौतारी महाधिवेशन "

प्रेस चौतारी प्रदेश १ अध्यक्षमा बिष्ट , महासचिवमा झापाली

झापा /
प्रेस चौतारी नेपाल, प्रदेश नं. १, ऐतिहासिक प्रथम प्रदेश अधिवेशनबाट अध्यक्षमा अविजाल बिस्ट चयन हुनुभएको छ । शनिबार झापाको बिर्तामोडमा सम्पन्न अधिबेसनले बिस्टलाई अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको चौतारीका केन्द्रीय सदस्य टिकाराम उप्रेतीले उज्यालोलाई जानकारी दिनुभयो ।

यस्तै उपाध्यक्षमा सुमन पुरी , महिला उपाध्यक्षमा सुश्मा श्रेष्ठ , महासचिवमा गोपाल झापाली,सचिवमा गणेश उप्रेती ,राजन श्रेष्ठ र कोषाध्यक्षमा युवराज पौडेल बिबस सहित ७१ सदस्यीय कमिटी सर्बसम्मत चयन भएका छन ।

अधिबेसनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन तथा संबोधन गर्नु भएको थियो ।

Share: