झपा,१ पुस । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने बताएको छ ।
शाखाका प्रमुख दीपक कुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक टन मल प्राप्त भइरहेको छभने त्यति नै परिमाणमा बिक्रीवितरणसमेत भइरहेको बताँउनु भयो छ ।
उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को मङ्सिर मसान्तसम्म शाखाले १३ हजार ४०७ दशमलव २७५ मेट्रिक टन रासायनिक मल बिक्रीवितरण गरेको छ । “चालु आर्थिक वर्षमा १२ हजार ९५३ मेट्रिक टन मल प्राप्त भएको छभने गत आर्थिक वर्षको समेत कार्यालयमा ८७३ मेट्रिक टन मल मौज्दात छ”, उहाँले भन्नु भयो।
शाखा कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा युरिया सात हजार ७५३ दशमलव २० मेट्रिक टन, डिएपी पाँच हजार ३४९ दशमलव ६५ मेट्रिक टन, पोटास २७३ दशमलव ३५ मेट्रिक टन र कृषि चुन ३१ दशमलव ०७५ मेट्रिक टन बिक्रीवितरण गरिएको छ ।
हाल शाखामा युरिया एक हजार १०० मेट्रिक टन, डिएपी छ हजार मेट्रिक टन र पोटास पाँच सय मेट्रिक टन मौज्दात रहेको शाखा प्रमुख राजवंशीले जानकारी दिनु भयो। उहाँका अनुसार युरिया प्रतिबोरा आठ सय आठ रुपैयाँ ५० पैसा, डिएपी प्रतिबोरा दुई हजार २५८ रुपैयाँ ५० पैसा, पोटास प्रतिबोरा एक हजार ६५८ रुपैयाँ ५० पैसा र कृषि चुन प्रतिबोरा दुई सय १५ मा बिक्री भइरहेको स्रोतले जनाएको छ ।









